म्याग्दीका सामुदायिक विद्यालयलाई ९५ प्रतिशत पाठ्यपुस्तक आइपुग्यो

प्रताप बानियाँ, म्याग्दी । कोरोना भाइरसको जोखिम, जारी निषेधाज्ञा र बाढीपहिरोको समस्याका बाबजुद हिमाली जिल्ला म्याग्दीमा नयाँ पाठ्यपुस्तक पुगेको छ । चालु शैक्षिक सत्रका लागि विद्यालयलाई आवश्यक ९५ प्रतिशत पाठ्यपुस्तकहरु आइतबार म्याग्दीमा भित्रिएको हो । जिल्लाको कक्षा १–१० मा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक पुस्तकहरु सदरमुकाम बेनीमा ल्याइएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ म्याग्दीले जनाएको छ […]

सम्बन्धित सामग्री

खोटाङमा अझै पुगेन पाठ्यपुस्तक

१० स्थानीय तह रहेको खोटाङमा ४९३ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन्।  दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ९० वटा माध्यमिक, ६६ वटा कक्षा–१ देखि कक्षा–८ सम्म पढाइ हुने र ३३७...

दैलेखका सबै विद्यालयमा पुग्यो पाठ्यपुस्तक

काठमाडौँ- कर्णाली प्रदेशका अन्य जिल्ला जस्तै दैलेखमा पनि सबै विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । यसवर्ष विद्यार्थीले शैक्षिक सत्र सुरु हुनुअगावै पाठ्यपुस्तक प्राप्त गरेका छन् । जिल्लाका चार नगरपालिका र सात गाउँपालिकाका ९० वडामा रहेका पाँच सय ११ सामुदायिक विद्यालय तथा निजी विद्यालयमासमेत पाठ्यपुस्तक पठाइएको छ । यसअघि शैक्षिक सत्र सुरु भएको महिनौँसम्म पनि पाठ्यपुस्तक नपाएको […]

पुस्तक नपुग्दा पढाइ प्रभावित

रुकुम पूर्वका विभिन्न विद्यालयमा पाठ्यपुस्तक नपुग्दा पढाइ प्रभावित भएको छ । स्थानीय तहको निर्वाचनलगत्तै विद्यालय खुले पनि आइतबारसम्म पाठ्यपुस्तक उपलब्ध नहुँदा पढाइ सुरु हुन नसकेको हो । जिल्लामा १ सय १६ वटा सामुदायिक विद्यालय छन् । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक रुकुमकोट आइपुगेको बताइएको छ । तर, ती पनि विद्यालयसम्म पुग्न सकेका छैनन् ।

पाठ्यपुस्तक नपुग्दा रुकुमपूर्वमा पठनपाठन प्रभावित

रुकुमपूर्वमा पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पठनपाठन प्रभावित बन्न पुगेको छ । जेठ पहिलो साताबाटै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । जेठ सकिनै लाग्दा पनि जिल्लामा पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नै नआएपछि अधिकांश विद्यालयमा विद्यार्थीहरुको पठनपाठन प्रभावित बन्न पुगेको हो । रुकुमपूर्वमा ११६ सामुदायिक विद्यालय छन् । जिल्लामा अहिलेसम्म कक्षा १ देखि ३ सम्मको किताबमा पूर्ण रुपमा रुकुमकोटमा आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई रुकुमपूर्वका प्रमुख तिलक गौतमले जानकारी दिए । रुकुमकोट आएका

चितवनमा पुस्तक अभाव

नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता बितिसक्दासमेत विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ । सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी विषयको पाठ्यपुस्तक अभाव भएको छ ।अन्य पुस्तक धमाधम वितरण भइरहेको उनले जानकारी दिए । चितवनसहित नवलपुर, मकवानपुर, बारा, पर्सा र रौतहट जिल्लामा यस केन्द्रबाट पुस्तक वितरण गर्ने गरिएको छ । गत वर्ष यस के

छ र आठ कक्षाका विद्यार्थीलाई पुस्तक अभाव

चितवन: नयाँ शैक्षिक सत्र सुरु भएको दुई हप्ता वितिसक्दासमेत यहाँका विद्यार्थीले पुस्तक पाउन कठिन भएको छ। सामुदायिक विद्यालय अन्तर्गत कक्षा ६ र ८ को पाठ्यपुस्तक अभाव भएको हो। जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका प्रमुख विनयराम श्रेष्ठका अनुसार कक्षा ६ को नेपाली र कक्षा ८ को नेपाली, स्वास्थ्य र अङ्ग्रेजी…

विद्यार्थीलाई पाठ्यपुस्तक नि:शुल्‍क दिन विद्यालय र स्थानीय तहलाई निर्देशन

काठमाडौं : सरकारले नि:शुल्क नयाँ पाठ्यपुस्तक विद्यार्थीहरूलाई वितरण गर्न सामुदायिक विद्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ। शुल्क लिएको गुनासो आएको भन्दै बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गरी शुल्क नलिन निर्देशन दिएको हो। सबै वर्गका विद्यार्थीहरूको पहिलो आवश्यकता पाठ्यपुस्तक भएकाले नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने प्रयोजनका लागि सम्बन्धित स्थानीय तहको खातामा बजेट पठाइसकेको केन्द्रले जानकारी दिएको छ। ‘कतिपय स्थानीय तह र विद्यालयहरूले पाठ्यपुस्तक विकास केन्द्रबाट प्रकाश...