सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकाभरिका विद्यार्थीहरू पाठ्यपुस्तक विनै पढ्न बाध्य भएका छन् । छिन्नमस्ता गाउँपालिकामा गाउँ सभा नभएका कारण यस गाउँपालिकाका पाँच हजार ५६ विद्यार्थी विना पाठ्यपुस्तक नै विद्यालय जान बाध्य भएका हुन् ।
कोरोना कहरका कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालयहरू छिन्नमस्ता गाउँपालिका शिक्षा समितिको निर्णयअनुसार आज बिहीवारदेखि सञ्चालनमा आएका छन् । गाउँपालिकाभित्र रहेका १९ वटा सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । विद्यालय सञ्चालनमा आए पनि पाठ्यपुस्तक नहुँदा सप्तरी...