नविकरण वा सूचिकरणका लागि गरेको आह्वानप्रति मुद्रण उद्योग महासंघद्वारा आन्दोलन गर्ने चेतावनी

पुस १५, काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघले कक्षा एकदेखि तीनसम्मका सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरण गर्न निजी क्षेत्रका मुद्रक तथा वितरकलाई नविकरण वा सूचिकरणका लागि पुनः बिहीवार गरेको आह्वानप्रति गम्भिर आपत्ति प्रकट गरेको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय भन्दै पाठ्यक्रम बिकास केन्द्रले शैक्षिक सत्र २०७९ का लागि यसअघि गरेको सूचनालाई बहिष्कार गरेको महासंघले आफ्ना मागहरुलाई संवोधननै नगरी पुनः सूचना आह्वान गरेपछि बिहीवार बक्तव्य प्रकाशन गर्दै आपत्ति प्रकट गरेको हो ।  सरकारको उक्त निर्णयले अर्बौंको लगानी डुब्नेमात्र नभई मुद्रण उद्योग तथा व्यवसायको क्षेत्रमा संलग्न लाखौं व्यक्तिको रोजीरोटी गुम्ने, करोडौं रुपियाँको राजस्व नोक्सानी हुने र जनक शिक्षाले सामूदायिक विद्यालयका पाठ्यपुस्तक समयमा नै छपाई तथा बितरण गर्न नसकेका कारण आउँदो शैक्षिक सत्रमा पाठ्यपुस्तक बिद्यार्थीको हातमा पुग्न नसक्ने पनि महासंघले दावी गरेको छ ।  सरकारी स्वामित्वको मुद्रण संस्था जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले विद्यालय तहका सम्पूर्ण पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मा पूरा गर्न नसकेपछि समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितताका लागि सन् २०१४ सम्म निजी क्षेत्रलाई पूर्णरुपमा जिम्मा दिने भनी सरकारको तर्फबाट विभिन्न तहमा गरिएका प्रतिवद्धता अनुरुप २०६४ सालबाट निजी क्षेत्रलाई संलग्न गराउन शुरु गरिएको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा विद्यालय क्षेत्र सुधार योजना (एसएसआरपी) अन्तर्गतको सामुदायिक विद्यालय सहयोग कार्यक्रम  (सीएसएसपी) मा सरकारको तर्फबाट सामुदायिक विद्यालयका पाठ्यपुस्तकको गुणस्तरको सुनिश्चिततासँगै समयमै विद्यार्थीको हातमा पुर्‍याउनका लागि निजी क्षेत्रको सहभागिताले सहजता आएपछि २०७२ सालसम्म आईपुग्दा क्रमश : आठ कक्षासम्म दिन शुरु परिएको उल्लेख छ । तर शैक्षिक सत्र २०७८ मा कक्षा पाँचबाट चारमा झारिएकोमा शैक्षिक सत्र २०७९ मा पुनः एक कक्षा घटाई कक्षा तीनसम्ममा सीमित गर्ने निर्णय अनुरुप सरकारले यसअघि २१ दिने सूचना निकालेकोमा त्यसलाई बिरोध गर्दै कोहीपनि सूचिकरण प्रक्रियामा नगएपछि निर्णयलाई नसच्चाईकनै पुनः सूचना निकालिको विज्ञप्तिमा भनिएको छ ।  सामुदायिक बिद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरणका लागि निजी क्षेत्रलाई दिइएका जिम्मेवारी पुरा गर्नका लागि यस बीचमा अबौं रुपियाँको लगानीसमेत थप भइसकोको भएपनि निजी क्षेत्रको अर्बौं रुपियाँको नोक्सानी र आग्रहलाई बेवास्ता गर्दै शैक्षिक सत्र २०७८ मा कक्षा पाँचबाट चारमा झारिएकोमा शैक्षिक सत्र २०७९मा पुन : एक कक्षा घटाई कक्षा तीन सम्ममा सीमित गर्न खोज्नु गम्भिर खेदजनक भएको पनि महासंघद्वारा जारी बक्तव्यमा भनिएको छ ।   महासंघले उक्त गलत निर्णयलाई तत्काल रद्द गरी शैक्षिक सत्र २०७९ बाटै कम्तिमा पनि सामुदायिक बिद्यालयका कक्षा पाँचसम्मका पाठ्यपुस्तक निजी क्षेत्रलाईनै छपाई तथा वितरणको जिम्मा दिने व्यवस्थागरी त्यसपछिका वर्षहरुबाट क्रमशः बढाउँदै सामुदायिक विद्यालयका सबै तहका पाठ्यपुस्तक निजी क्षेत्रलाई नै छपाई तथा वितरणको जिम्मा दिनका लागि व्यवस्था गर्न  पनि भनेको छ । साथै महासंघले जिम्मेवार निकायले समयमै यस्तो गलत निर्णयलाई नसच्याएमा आन्दोलनमा उत्रन बाध्य हुने पनि चेतावनी दिएको छ ।  

सम्बन्धित सामग्री

लुम्बिनीमा रोक्का जग्गा फुकुवा नभए आन्दोलन गर्ने चेतावनी

दाङ । लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको जग्गा रोक्का भदौ १५ गते भित्र फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी सरोकारवालाहरुले दिएका छन् । संघर्ष समितिले मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै भदौ १५ गते सम्म जग्गा फुकुवा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । जग्गा फुकुवा संघर्ष समितिका संयोजक सुरज खड्काले राप्ती उपत्यकामा […]

उद्योग सञ्चालन नगरे आन्दोलन गर्ने चेतावनी

रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सलाई पुनः सञ्चालन नगरे कडा आन्दोलन गर्ने चेतावनी नेताहरूले दिएका छन्। उद्योग परिसरमा शनिवार उखु उत्पादक संघ रौतहटको आयोजनामा भएको किसान आम सभाका वक्ताहरुले उद्योग सञ्चालनमा आफूहरूले सहयोग गर्न तयार रहेको बताउँदै उद्योग ...

मधेस प्रदेश : प्रहरी समायोजन नभए आन्दोलन गर्ने चेतावनी

मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले प्रहरी समायोजनका लागि संघीय सरकार गम्भिरता नदेखाएको भन्दै चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै गृह तथा सञ्चार मन्त्री साहले प्रहरी समायोजनको विषयमा संघ सरकारले बेवास्ता गर्दै आइरहेकाले मधेश प्रदेश सरकारले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।गृह तथा संचार मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाइए पनि संघीय सरकारले गम्भिरता नदेखाएको आरोप

वादी समुदायले दियो कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं : वादी समुदाय संघर्ष समितिले सरकारसँग विभिन्न समयमा भएका सहमति कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।रिपोर्टर्स क्लब नेपालमा आज (बुधबार) पत्रकार सम्मेलन गर्दै केन्द्रीय सरकार र कर्णाली प्रदेशसँग भएका सहमति अक्षरशः कार्यान्वयन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको हो।वादी समुदाय संघर्ष समितिले नेपाल सरकारसँग २०६४ सालमा पहिलोपटक २६ बुँदे र दोस्रोपटक सुर्खेतमा भएको ५ बुँदे सहमतिमध्ये कुनै पनि सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै अक्षरशः कार्यान्वयन गर्न माग गरेको छ।प

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण सुरु नभए आन्दोलन गर्ने चेतावनी

धादिङर गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोठबिरुवाको मुआब्जा एक साताभित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।...

घरगोठ, बोटबिरुवाको मुआब्जा वितरण नभए आन्दोलन गर्ने चेतावनी

धादीङ र गोरखाको सिमानामा बन्न लागेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट डुबानमा पर्ने घरगोठ, बोटबिरुवाको मुआब्जा एक साता भित्र वितरण प्रक्रिया सुरु नभए आन्दोलन गर्ने चेतावनी स्थानीयले दिएका छन्।...

महाभियोग फिर्ता नलिए देशभर आन्दोलन गर्ने चेतावनी

स्वतन्त्र नागरिक समाज र स्वतन्त्र कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता नलिएर देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै जबरामाथि लगाइएको महाभियोग एक हप्ताभित्र फिर्ता नलिएमा देशभर आन्दोलन गर्ने चेतावनी दिएको हो । अधिवक्ता अनन्त पराजुलीले तत्काल महाभियोग प्रस्ताव फिर्ता लिन माग गरे । उनले महाभियोग फिर्ता नलिए कडा आन्दोलनको सामना गर्न चेतावनी दिए । नेपाल बारले गर्दै आएको आन्दोलन र

दूधको मूल्य नबढाए आन्दोलन गर्ने चेतावनी

१४ माघ, काठमाडौं । केन्द्रिय दुग्ध सहकारी संघले दूधको मूल्य तत्काल बढाउन माग गरेको छ ।  शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य लिटरमा १० रुपैयाँ नबढाए कडा आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘दूधको मूल्य नबढाउँदा किसानहरु पेशाबाट पलायन भए, स्वदेशी दूधले नपुगेर दूध आयात गर्नुपर्ने अवस्था सृजना हुन लाग्यो,’ संघले भनेको छ, […]

नेपाल टेलिकमका कर्मचारीले दिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, ३२ साउन । नेपाल टेलिकमका कर्मचारीहरुले माग तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् । कर्मचारीहरुले अधिकार, सबै सुविधा कटौती हुने गरी साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा […]