सङ्घीय सरकारले बजेट खर्च गर्न सकेन भनेर तीव्र आलोचना भइराख्दा प्रदेश तिरको हबिगत पनि उस्तै देखिएको छ । चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत अधिकांश प्रदेशले विनियोजित बजेटको ५० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । केही प्रदेशले चालु आर्थिक वर्षको विनियोजित बजेटको चालु र पुँजीगत गरी एकमुस्ट ३० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । सम्बन्धित प्रदेश सरकारको अर्थ तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा अधिकांश प्रदेश सरकारले चालु