कृषि मन्त्रालयको बजेट- अनुदानमा वार्षिक १६ अर्ब खर्च

काठमाडौं। कृषि तथा पशुपंछि मन्त्रालयको सबैभन्दा बढी खर्च अनुदानमा हुने गरेको मन्त्रालयले बताएको छ। प्रवक्ता हरिबहादुर केसीले रसायनिक मलमा ११ अर्ब, कृषि/कृषक बीमामा डेढ अर्ब, उँखुमा एक अर्ब गरेर अनुदानमा मात्रै १६ अर्ब हाराहारीमा खर्च हुने बताएका छन्। यो रकम निवेदन दिएर लिने नभइ काम गरेको आधारमा जाने भएकाले उचित रकम भएको उनले बताएका छन्।

सम्बन्धित सामग्री

किसानलाई अनुदानमा कृषि उपकरण वितरण

त्रिवेणी, ३१ वैशाख । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ । नगरपालिकाले नगरभित्र रहेर व्यावसायिकरूपमा कृषि पेसा गर्दै आएका किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरेको हो । कावासोती नगरपालिकाभित्र रहेका २२ वटा कृषक समूहमार्फत किसानका लागि विभिन्न प्रकारका कृषि उपकरण वितरण गरिएको कृषि शाखा प्रमुख शिवनारायण कुमालले बताए। […]

कृषकलाई अनुदानमा कृषि सामग्री

लुम्बिनी, २९ वैशाख । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषकका लागि अनुदानमा कृषि सामग्री (औजार) उपलब्ध गराइएको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा २९ पशुपालक फार्म तथा कृषकलाई साना कृषि औजार उपलब्ध गराएको हो । ती सामग्रीमा इलेक्ट्रिक च्यापकटर (घाँस तथा पराल र छवाली काट्ने उपकरण), प्रेसर क्लिनर (गोठ सफा गर्ने उपकरण), काउ म्याट (गोठमा ओछ्याउने म्याट) […]

सहकारीलाई अनुदानमा कृषि औजार तथा उपकरण

कञ्चनपुर : कृषिको लागत मूल्य घटाई उत्पादनमा वृद्धि गर्नका लागि कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्र, सुन्दरपुर कञ्चनपुरले कस्टम हायरिङ सेन्टर सञ्चालनका लागि ५० प्रतिशत अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराएको छ।कृषि यान्त्रीकरण अनुदान सहयोग कार्यक्रम अन्तर्गत कैलालीको बौनियामा रहेको साना किसान कृषि सहकारी संस्था र कञ्चनपुरको झलारीमा रहेको नव सृजना बहुउद्देश्यीय सहकारी संस्थालाई अनुदानमा कृषि औजार तथा उपकरण उपलब्ध गराइएको हो।कष्टम हायरिङ सेन्टर सञ्चालनका लागि कार्यक्रम अनुस

किसानलाई अनुदानमा बीउ वितरण

कोहलपुर नगरपालिकाले अनुदानमा उन्नत धानको बीउ वितरण गर्न सुरु गरेको छ। ५० प्रतिशत अनुदानमा नगर कृषि शाखाले शुक्रबारबाट धानको बीउ वितरण गर्न थालेको हो।...

भिमादका किसानलाई अनुदानमा कृषि औजर

तनहुँ, १६ भदौ । तनहुँ जिल्लाको भिमाद नगरपालिकाले किसानलाई मङ्गलबार ६३ थान कृषि औजर ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषि उत्पादनमा वृद्धि गराउने उद्देश्यले किसानलाई प्रोत्साहन गर्न सुपथ मूल्यमा औजार प्रदान गरिएको भिमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले बताए । औजारका माध्यमबाट किसानले छोटो अवधिमा धेरै काम गर्न सक्ने र उत्पादनमा समेत वृद्धि गर्न […]

किसानलाई अनुदानमा कृषि सामग्री

तातोपानी गाउँपालिकाका मार्सी धान रोप्ने किसानलाई अनुदानमा जैविक मल, औजार, थ्रेसर लगायतका कृषि सामग्री वितरण गरिएको छ ।एक स्थानीय तह एक बाली उत्पादन विशेष साझेदारी कार्यक्रम अन्तरर्गत तातोपानीमा धान ब्लक कार्यक्रम सञ्चालित छ । धानको उत्पादकत्व वृद्धि गर्न किसानलाई १८ लाख बराबको आवश्यक तालिमसहित कृषि सामग्री वितरण गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने बताए ।जिल्ला […]

५० प्रतिशत अनुदानमा कृषि यन्त्र पाएपछि कृषकहरु खुसी

परासी । कृषि ज्ञान केन्द्र नवलपरासी पश्चिमको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र पाएपछि कृषकहरु खुसी भएका छन् । कृषिको पकेट क्षेत्र रहेको नवलपरासीका कृषकहरुले ५० प्रतिशत अनुदानमा पम्पिङ सेट बोर्डिङ्ग लगायतका कृषि यन्त्रहरू पाएपछि अबका दिनमा खेती कार्य गर्न सहज हुने विश्वास व्यक्त गरेका छन् ।जिल्लाको पाल्हीनन्दन गाउँपालिका १५० बढी किसानहरुलाई बेलासपुर कृषक समूहले ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरू वितरण गरेपछि कृषकहरु हर्षित भएका हुन् ।समूहको अध्यक्ष अनिल कुमार मिश्राको अध्यक्षता तथा

मकै उत्पादक कृषकलाई अनुदानमा कृषि सामग्री वितरण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाका मकै उत्पादक कृषकका लागि अनुदानमा कृषि सामग्री प्रदान गरिएको छ । नगरपालिकाको मकै उत्पादन तथा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषि शाखाले उपलब्ध गराएको करिब रु ३६ लाख अनुदान रकममा कृषकको ५० प्रतिशत सहभागिता थप गरी विनायक कृषि सहकारी संस्था लिमिटेडले कृषि सामग्री उपलब्ध गराएको हो । नगरप्रमुख छत्रराज पौडेलले मकै […]

किसानलाई अनुदानमा कृषि औजार वितरण

कञ्चनपुर : शुक्लाफाँटा  नगरपालिका–३ का किसानलाई मुख्यमन्त्री  कृषि नमुना गाउँ (तरकारी खेती) अन्तर्गत कृषि औजार तथा उपकरण अनुदानमा वितरण गरिएको छ।वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले किसानलाई अनुदानमा कृषि उपरकण तथा औजार वितरण गरेका हुन्। कार्यक्रम अन्र्तगत १३ जना किसानलाई पावर टिलर, साना सिंचाइ चार सेट, पोलिहाउस १६ वटा, मल्चिङ प्लाष्टिक २० थान, थोपा सिंचाइ १६, स्प्रे टेंकी ३० वटा, तरकारी गोड्ने मेसिन पाँचवटा, बिउ र बिषादी ५० प्रतिशत अनुदानमा उपलव्ध गराइएको हो।आर्थिक वर्ष २०७६/७७ दे

किसानलाई अनुदानमा कृषि यन्त्र वितरण

सुदूरपश्चिम प्रदेश सरकारले कैलालीका किसानलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ । प्रदेश सरकारको सहयोगमा कृषि ज्ञानकेन्द्र कैलालीले कैलारी गाउँपालिका–७ का किसानलाई ५० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो ।...