दिगो विकासको लक्ष्य भेट्न नेपालले वार्षिक बजेट भन्दा ठूलो रकम खर्च गर्नुपर्ने तथ्याङ्क पेश गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याउँदै गरेको सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण गर्दै दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न वार्षिक करिब २० खर्ब २५ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने बताएको हो ।उक्त औसत रकममध्ये ११ खर्ब ११ अर्ब सरकारी क्षेत्रबाट, ७ खर्ब ३९ अर्ब निजी क्षेत्रबाट, ८७ अर्ब रुपैयाँ सहकारी तथा गैरसरकारी क्षेत्रबाट र ८८ अर्ब घर–परिवार क्षेत्रबाट लगानी हुनुपर्ने सरकारको