काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट, कार्यालय खर्च मात्रै २० प्रतिशत

काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ। नगरसभामा उपमेयर सुनिता डंगोलले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको जानकारी दिइन्। यो कुल बजेटको २० प्रतिशत हो। त्यसैगरी महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत […]