सरकार गठनमा निर्णायक राष्ट्रिय जनमोर्चा अनिर्णीत बन्दा गण्डकी प्रदेशमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने अन्योल यथावत् छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले दुई वा सोभन्दा बढी दलको सरकार गठनका लागि तीन दिनको समय दिएकी थिइन् ।
अहिले राजमोका तीन सांसदलाई आफ्नो पक्षमा ल्याउन सत्तारूढ एमाले र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन कसरतमा छन् । यसअघि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा मतदान गर्ने निर्णय गरेको राजमोले पछिल्लो विकसित राजनीतिक घटनाक्रममा भने ठोस निर्णय लिएको छैन । यद्य...