गण्डकी प्रदेश सरकार : मुख्यमन्त्रीसहितका मन्त्रीहरूले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

कास्की । गण्डकी प्रदेशमा मुख्यमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । पदबहाली गरेको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था भए पनि प्रदेशका मुख्यमन्त्री र सातजना मन्त्रीहरूले दुई महीना बित्दा समेत सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । मङ्सिर ४ गते निर्वाचन सम्पन्न भए पनि पुस २५ गते गण्डकीमा नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सोही दिन तीनसदस्य मन्त्रिपरिषद् गठन भएको थियो । प्रदेशमा सरकार बनेको दुई महीना नपुग्दै केन्द्रमा सत्ता समीकरण फेरिएकाले गण्डकीका मुख्यमन्त्री र मन्त्रीहरूले समेत सम्पत्ति विवरण बुझाउन आलटाल गरेका छन् । मुख्यमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सम्बन्धित निकायमा बुझाएको भनिए पनि हालको प्रदेश सरकारकै भविष्यबारे अन्योल रहेकाले सार्वजनिक नभएको बुझिएको छ । प्रदेशमा यसअघि पृथ्वीसुब्बा गुरुङ र कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारका पालामा मुख्यमन्त्री र मन्त्रीहरूले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । सार्वजनिक पद धारण गरेका व्यक्तिले कानूनतः ६० दिनभित्र परिवारसहितको नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ  । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ मा पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले पद धारण गरेको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ । त्यस्तै ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसकेपछि पनि प्रत्यक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र पनि आफ्नो परिवारसहितको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था छ । तर, भ्रष्टाचार निवारण ऐन र आफैले बनाएको आचारसंहिता उल्लंघन गर्दै गण्डकीमा मुख्यमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले भने मुख्यमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति विवरण सम्बन्धित निकायलाई बुझाइसकेको दाबी गरेका छन् । गण्डकीका मुख्यमन्त्री अधिकारीले आर्थिक मामिलामन्त्री सीता सुन्दास, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान र सामाजिक विकास तथा स्वास्थ्यमन्त्री पञ्चराम गुरुङलाई पुस २५ गते विनाविभागीय मन्त्रीमा नियुक्त गरेका थिए । विनाविभागीय मन्त्रीमा नियुक्त भएका उनीहरूलाई माघ १० गते मन्त्रालयको जिम्मेवारी दिइएको थियो । विनाविभागीय रहेका सुन्दासलाई आर्थिक मामिला तथा योजना, चुमानलाई भौतिक पूर्वाधार र गुरुङलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

सम्बन्धित सामग्री

पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालन

गण्डकी प्रदेश सरकार अन्तर्गत पोखरामा संक्रामक तथा सरुवा रोग अस्पताल पूर्ण रुपमा संचालनमा आएको छ।

संकटमा खगराजको सरकार, सांसदको ठट्टाः कुर्सी साटिने भयो !

पछिल्लो राजनीतिक घटनाक्रमले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार संकटमा परेको छ ।

गण्डकी प्रदेश : सरकार बनाउन दलको सक्रियता

काठमाडौँ – गण्डकी प्रदेश प्रमुखले बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेश गर्न आज आह्वान गरेसँगै यहाँका राजनीतिक दलहरूले सरकार गठनमा सक्रियता बढाएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि सोमबार बेलुका चार बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा […]

तालिबान भन्दा निरंकुश भयो गण्डकी प्रदेश सरकार : पत्रकार महासंघ गण्डकी

न्युज अफ नेपाल, पोखरा । गण्डकी प्रदेश सरकारले आमसञ्चार विधेयक ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले महासंघसंगको छलफल विना नै अचानक आमसञ्चार विधेयक ल्याउने तयारी गरेपछि गण्डकी प्रदेशमा यतिबेला तरंग मच्चिएको छ । गण्डकी प्रदेश सरकार कानून सञ्चार तथा प्रदेश मामिला मन्त्रालयले तयार पारी प्रदेश सभामा पेश भई विद्यायन समितिमा छलफलका लागि पठाएको ऐनको […]

‘गण्डकी प्रदेश सरकार भ्रष्टाचारमा डुब्यो’

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् । एमाले संसदीय दलको तर्फबाट शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्...

गण्डकी प्रदेश सरकार धरापमा

गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ

जनमोर्चाले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार ढल्ने पक्का

गण्डकी प्रदेश सरकार ढल्ने करिब करिब पक्का जस्तै भएको छ । प्रदेशमा सरकार बनाउन र ढलाउन निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले प्रेस वक्तव्य मार्फत सरकारलाई दिएको समर्थन फित्ता लिएपछि सरकार ढल्ने...

गण्डकी प्रदेश सरकार : माओवादीका दुई मन्त्रीले दिए राजीनामा

काठमाडौं : गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएको मुख्‍यमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको हो।स्रोतले भन्यो,' राजीनामा माथिको निर्देशन मात्र हो। उहाँहरूको व्यक्तिगत कुरा हैन।' उनीहरूले बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।गण्डकी प्रदेश सरकारमा माओवादी क

समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

गण्डकी / गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षाले साकार रूप पाउने अभियानमा प्रदेश सरकार अघि बढेको बताएका छन् । गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहने प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना... The post समृद्धिको अभियानमा गण्डकी प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ appeared first on Purbeli News.