किवी खेतीप्रति जनप्रतिनिधिको आकर्षण

ढोरपाटन – पछिल्लो समय गाउँबाट बसाइँसराइ गरी बजार झर्नेको सङ्ख्या निकै ठूलो छ। सेवा सुविधा खोज्दै स्थानीय सहर बजारतिर झर्न थालेसँगै गाउँ सुनसान बन्दै गएका छन्। गाउँमा भएका युवा पनि विदेश पलायन भइरहेका छन्। बसाइँसराइ र विदेश पलायनले गर्दा गाउँका खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएका छन् तर, बागलुङका निसीखोला गाउँपालिका–४ का लिलाबहादुर घर्तीले भने वनमारा […]

सम्बन्धित सामग्री

किवी खेतीप्रति बढ्यो आकर्षण

किवी खेतीप्रति स्थानीय किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानमा गरी करिब २८ हेक्टर क्षेत्रफलमा किवी खेती गरिँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा ६४.९६ मेट्रिक टन किवी उत्पादन भएको छ । बडीकेदार गाउँपालिका, जोरायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, बोगटान फुड्सिल गाउँपालिका र आदर्श गाउँपालिकालगायतका स्थानमा किवी खेती गरिँदै आएको छ ।

किवी खेतीमा किसान आकर्षित

डोटीमा किवी फलको खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाका बिभिन्न स्थानमा कृषकले २८ हेक्टर क्षेत्रफलमा किवी खेती गर्दैआएका छन् । यहाँ ६४ दशमलव ९६ मेट्रिक टन किवी उत्पादन हुनेगर्छ ।

किवी खेतीबाट वार्षिक १० लाखभन्दा बढी आम्दानी

शैलुङ गाउँपालिका ३ बिरौटाका हरि बहादुर कार्की किवी खेती सुरु गर्नुभएको पाँच वर्ष भयो । काठमाडौँमा होटल रेस्टुरेन्ट लगायत अरू व्यवसाय गर्दै आउनुभएका उहाँ अरू जिल्लामा किवी खेती गरेको देखेपछि उहाँलाई किवी खेती गर्न तर्फ आकर्षण बढेको थियो ।

किवी खेतीमा रमाउँदै भार्षेका कृषकहरु

गुल्मी – गुल्मीको भार्षेका कृषकहरु यतिबेला किवी खेतीमा आकर्षित हुँदै  जान थालेका छन । किवी खेतीवाट मनग्य आम्दानी हुन थालेपछि कृषकहरुको आकर्षण बढेको हो । जिल्लाको सत्यवती गाउँपालिका ८ भार्षेका कृषकहरु सामूहिक फर्म र व्यक्तिगत लगानीमा किवी खेती गर्दै आइरहेका छन । विगत दस वर्षदेखि किवी खेतीको सुरुवात गरेका त्यहाँका कृषकहरुले यतिबेला किवीको व्यवसायिक उत्पादनमा जोड दिन थालेका छन । त्यस क्षेत्रका कृषकहरुले उत्पादन गरेको किवी बिक्री गरेर वार्षिक ४० लाख भन्दा बढी आम्दानीको जोहो गर्न थालेका छन ।  गुल्मी ज...

व्यवसायिक किवी खेतीमा कृषकको मोह बढ्दै

काठमाडौँ,२२ पुष । गुल्मीमा किवी खेतीमा कृषकहरुको आकर्षण बढ्दै जान थालेको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्सेका किसानहरु आजभोलि किवी खेतीमा आकर्षित हुन थालेका छन् । विगत १० वर्ष अघिदेखि किवी खेती सुरु गरेका त्यहाँका कृषकहरु यतिबेला किवीको व्यावासायिक उत्पादन सुरु गरेका छन् । भार्षेका कृषकहरुले आफ्नो बारीमा उत्पादन गरेको किवी बिक्री वार्षिक ४० लाखभन्दा […]

किवी खेतीमा आकर्षण

किवी खेतीतर्फ दैलेखका किसानको आकर्षण बढेको छ । पछिल्लो समय किवी खेती गर्ने किसान दिनानुदिन बढ्दै छन् । जिल्लाको भैरवी गाउँपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिकाका किसान सङ्गठित भएर किवी खेती सुरु गरेका छन् ।

किवी खेतीमा आकर्षित हुँदै डोटीका किसान

डोटी – डोटीका किसान किवी खेतीतर्फ आकर्षित हुन थालेका छन् । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको कृषि आधुनिकीकरण नीतिका कारण डोटीका किसान किवी खेतीमा आकर्षित हुन थालेका हुन् । मकै रोप्ने बारीमा किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानहरू व्यावसायिक किवी खेतीमा आकर्षित भएका हुन् । एक पटक रोपेपछि वर्षाैँसम्म आम्दानी लिन सकिने भएपछि यसमा किसानको आकर्षण बढेको हो । डोटीको जोरायल गाउँपालिका ५ गड्सेरा, दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका लगायतका ठाउँमा किवी खेती गरिँदै आएको छ ।  आठ वर्ष पहिले परीक्षणका...

किवी खेतीमा कृषकको आकर्षण

पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् । सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् । एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो दुई सय ५० देखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् ।

व्यावसायिक किवी खेतीमा आकर्षण

गुल्मीको सत्यवती गाउँपालिकाका कृषकले जिल्लामै सबभन्दा बढी किवी खेती गर्ने गरेका छन् । गाउँपालिकाको भार्सेमा हाल २२ हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा गरिँदै आएकोे किवी खेतीबाट किसानले ३८ टन किवी उत्पादन गरेको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । यहाँ उत्पादन गरिएको किवी स्थानीय बजारदेखि पाल्पा, बुटवल र काठमाडौँसम्म पुग्ने गरेको छ ।