चितवन – भाेलि शुक्रवार हुने पालिका चुनावकाे मतगणनाका लागि चितवनको भरतपुर महानगरपालिकाकाे मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे छ ।
भरतपुरलाई राजनीतिक दलहरूले प्रतिष्ठाको विषय नै बनाएका छन् । २०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषय अझै पनि चर्चामा छ । विगतमा मतगणना स्थलमै भएका भनिएका अनियमितता तथा बेथिति सुधार्न यस पटक गणना स्थलमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आय...