निजी क्षेत्रको टेलिकम सेवा प्रदायक कम्पनी एनसेलको आम्दानी चार वर्षदेखि निरन्तर घट्दो क्रममा देखिएको छ । चार वर्षअघि ६० अर्बको हाराहारीमा संचालन आम्दानी गरेको एनसेल अहिले ४० अर्बको हाराहारीमा सिमित भएको हाे । एनसेलले सन् २०१८ मा ५९ अर्ब ८१ करोड रुपैयाँ संचालन आम्दानी गरेको थियो । केयर रेटिङ कम्पनी इक्रा नेपालले एनसेललाई कर्जा लिने प्रयोजनाको लागि गरेको रेटिङमा दिइएको जानकारी अनुसार सन् २०१९ मा ५५ अर्ब ३९ करोड, सन् २०२० मा ४६ अर्ब ८७ करोड र सन् २०२१ मा ४० अर्ब ४२ करोड रुपैयाँ संचालन आम्दानी ग