उपचार गर्न पैसा नभएपछि सात वर्षदेखि खोरमा

भोजपुर, १८ चैत । उपचार गर्न आर्थिक अभावका कारण भोजपुरको साल्पासिछो गाउँपालिका २ मा सात वर्षदेखि खोरमा थुनेर राखिएका युवा । स्थानीय छत्रबहादुर चौहानका ३३ वर्षीय डेगराज चौहान र ३७ वर्षीय डम्वर चौहान खोरमा बस्न बाध्य छन् । आर्थिक अभाव भएपछि कान्छो छोरा डेगराजलाई सात वर्षदेखि र जेठो छोरा डम्वरलाई दुई वर्षदेखि खोरमा थुनेर राखेको […]

सम्बन्धित सामग्री

१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

काठमाडौं, भदौ २७ । १० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन्। पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्। सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ […]

सिभिल अस्पतालमा स्थानीय तहका कर्मचारीलाई विभेद : किन पाउँदैनन् छुट ?

काठमाडौं । तनहुँको घिरिङ गाउँपालिकाको कार्यालयमा तीन वर्षदेखि कार्यरत कर्मचारी सोमबहादुर थापा (नाम परिवर्तन) लाई कोभिड संक्रमण भएयता निरन्तर छातीमा समस्या आइरह्यो । पटकपटकको परीक्षणमा पनि समस्या पहिचान नभएपछि स्थानीय तनहुँ सेवा अस्पतालका चिकित्सकले काठमाडौं गएर छातीरोग विशेषज्ञबाट परामर्श लिन सुझाए । सोमबहादुरले सुनेका थिए, काठमाडौंमा सरकारी कर्मचारीलाई विशेष छुट दिएर उपचार छुट्टै अस्पताल...

जुकाको टोकाइ पद्धतिबाट उपचार शुरु

दाङ : तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीमा रहेको राप्ती प्रादेशिक आयुर्वेद चिकित्सालयमा जलौका अर्थात् लिच थेरापीबाट उपचार सेवा दिन शुरु गरेपछि अहिले बिरामीहरू सेवा लिन आउने गरेका छन्।बाँकेबाट आएकी डोल्मा सुनार विगत १४ वर्षदेखि शरीर चलाउने समस्याका कारण पीडित थिइन्। उनले धेरै ठाउँमा उपचार गर्दा निको नभएपछि बिजौरीमा गएर उपचार गर्दा राम्रो हुन्छ भन्ने थाहा पाएपछि उनी उपचार गर्न आएकी हुन्।उनले यो पद्धतिबाट शुरुमा उपचार गर्दा डर लागे पनि अहिले अलि सुधार भएको बताइन्। उनले भनिन्, &ls

श्रीमती र सासुलाई आगाे लगाएर फरार

काठमाडौं : महोत्तरीको भंगहा नगरपालिका १ कञ्चजनवनमा ज्वाईले सासु र श्रीमतीलाई मट्टितेल खन्याएर आगो लगाएका छन्।गएराति आमाछोरीलाई मट्टितेल खन्याएर आगो लगाएपछि दुवै जना गम्भीर घाइते भएका छन्। वैदेशिक रोजगारीबाट फर्किएकाे एक वर्षदेखि ससुरालीमा बस्दै आएका औरही नगरपालिका ८ का शंकर सदाले आफ्नी श्रीमती ३५ वर्षकी पर्मिलादेवी र ६५ वर्षकी सासु रेश्मादेवी सदालाई आगो लगाएका महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पैयनीले थाहाखबरलाई जानकारी दिए।जलेर घाइते भएका दुवै जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभ

भीमफेदी कारागारमा कैदी युवाको मृत्यु

हेटौँडा : मकवानपुरको भीमफेदी कारगारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।लागुऔषध मुद्दामा भीमफेदी कारागारमा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका हेटौँडा–२ का मिलन परियारको मृत्यु भएको हो।३४ वर्षीय परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्य चौकीले हेटौँडा अस्पताल रिफर गरेकाे थियो।उपचारको लागि हेटौँडा अस्पताल ल्याउने क्रममा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जना

बारम्बार एउटै कार्यक्रम

काठमाडौं । आगामी आर्थिक वर्ष (आव)को बजेटमा धेरैजसो पुरानै कार्यक्रमले निरन्तरता पाएका छन् । स्टार्टअप बिजनेशमा अनुदान दिने, रेल, पानीजहाजको सम्भाव्यता अध्ययन गर्नेसम्मका विगतमा ल्याइएका तर कार्यान्वयनमा जान नसकेका कार्यक्रमलाई सरकारले बजेटमा दोहोर्‍याएको हो । करीब १० वर्षदेखि सरकारले हरेक वर्षको बजेटमा नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न सहुलियतपूर्ण कर्जा दिने भन्दै आएको छ । अहिलेसम्म एक जनालाई पनि कर्जा दिन सकेको छैन । यसपालिको बजेटमा पनि भेन्चर क्यापिटलमार्फत बीउ पूँजी प्रदान गर्ने घोषणा छ । र, देशका सातै प्रदेशमा बिजनेश इन्कुबेशन सेन्टर स्थापना गर्न २६ करोड रुपैयाँ विनियोजन गरिएको छ । विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत सहुलियतपूर्ण कर्जा दिने भनेको छ । ठूला उद्योगले स्टार्टअप, साना तथा मझौला व्यवसायलाई सहयोग गर्ने वातावरण मिलाइने भनिएको छ । विगतमा पनि यस्तै प्रकृतिका कार्यक्रम ल्याइएको थियो । अहिले नाम बदलिएका ती कार्यक्रम लागू हुने आधार भने छैन । स्टार्टअप बिजनेश गर्नेलाई कर्जा दिने कार्यविधि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा लामो समयदेखि अड्किरहेको छ । उनीहरू नवप्रर्वतन कस्तालाई मान्ने भन्नेमै स्पष्ट हुन नसकिरहेको देखिन्छ । पूर्वाधारको क्षेत्रमा पनि पुरानै कार्यक्रम दोहोर्‍याएर आश्वासन मात्रै बाँड्ने काम गरेको छ । अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले घरघरमा पाइपबाट ग्यास, रेल, मेट्रोरेल, पानीजहाजका सपना देखाए पनि अहिलेसम्म त्यसतर्फ कुनै प्रगति भएको छैन । ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधारको योजना’ नयाँ नारा दिँदै वर्तमान सरकारले ल्याएको बजेटमा पूर्व–पश्चिम रेलको निजगढ खण्डको निर्माण कार्यलाई तीव्रता दिने, वीरगञ्ज–काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको डीपीआर तयार गर्ने, विराटनगर–धरान, पथलैया–वीरगञ्ज, भैरहवा–बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गर्ने भनिएको छ । यी कार्यक्रम कार्यान्वयनमा जाने कुनै आधार देखिँदैन । अघिल्ला बजेटमा पनि यिनै कार्यक्रम थिए । तर, न ती कार्यक्रमबारे कुनै अध्ययन भएको छ न अरू कुनै प्रगति नै । अर्थशास्त्री केशव आचार्य सरकारले एक्शन देखाउनुभन्दा पनि सपनाको पुलिन्दा बाँड्ने काम गरेको बताउँछन् । उनका अनुसार एक्शन प्लानसहितको बजेट आउनुपर्नेमा त्यसो नगरी पुरानै तरीकाले ल्याइएकाले जनताले नयाँ अनुभूति गर्न पाउने छैनन् । अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेटमा प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखी मतदाता रिझाउने प्रयास गरिएको छ । अनुत्पादक क्षेत्रमा बजेट विनियोजन गर्न कन्जुस्याइँ गरिएको छैन । यसको उदाहरण वृद्धभत्ता पाउने उमेर हो । नेपालीको औसत आयु बढ्दै गएका बेला ६८ वर्षमाथिले वृद्धभत्ता पाउने व्यवस्था बजेटले गरेको छ । यसको विज्ञहरूबाट आलोचना भएको छ । स्वास्थ्य क्षेत्रमा समेत पुरानै कार्यक्रमलाई व्यापक रूपमा दोहोर्‍याइएको छ । यसले जनस्वास्थ्यमा सरकारको लापरबाही कस्तो छ भन्ने देखाउँछ । आगामी आर्थिक वर्षमा दुर्गम क्षेत्रका अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न लागेको छ । यसअघि आव २०७७/७८ मा पनि एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्ने घोषणा भएको थियो । गत आवको अन्त्यमा १० ओटा अस्पतालमा बजेट नै विनियोजन गरेर कार्यक्रम लागू भएको घोषणा गरिएको थियो । राष्ट्रिय ट्रमा सेन्टर, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, भरतपुर अस्पताल, डँडेलधुरा अस्पताल, दैलेख अस्पताल, प्यूठान अस्पताल, गोरखा अस्पताल, नुवाकोट अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल र पाँचथर अस्पतालमा यो कार्यक्रम लागू भएको बताइएको थियो । तर, यी अस्पतालमा कार्यक्रम सफल नभएपछि चालू आवमा उक्त कार्यक्रम नै हटाइएको थियो । त्यसैगरी, क्यान्सर रोगको निदान गरी स्वदेशमै उपचार सेवा दिन आवश्यक पर्ने पेटस्क्यान मेशिन र साइक्लोट्रोन स्थापना गर्न ५० करोड विनियोजन गरेको छ । वर्षैपिच्छे सरकारको प्राथमिकतामा पर्र्ने गरेको पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप शुरू गर्ने योजना यसपटक पनि छ । सरकारले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीलाई ५ लाख रुपैयाँ र डायलाइसिस सेवा नि:शुल्क दिँदै आएको छ । यस कार्यक्रमलाई नाम बदलेर निरन्तरता दिइएको छ ।   पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले धेरै कार्यक्रम हाबादारी राख्ने गरिएको बताए । ‘धेरै वर्ष भयो नेपाली कांग्रेसको उदारवाद नीतिबमोजिम हेटौंडा कपडा उद्योग बन्द भएको हो । यसका मेशिन पुराना मात्र नभएर खिया लागिसकेका छन्, यसको अध्ययन गरेर यसलाई फेरि खडा गर्न लाग्ने लगानी र समयबारे विचारै नगरी यस वर्षको बजेटमा हेटौंडा कपडाबाट उत्पादित कपडा लगाउनुपर्ने भनिएको छ । यस्तो हाबादारी कुरा गरेर कति समय जनतालाई ठग्ने ?,’ उनले प्रश्न गरेका छन् । योजना, नीति र कार्यक्रमलाई सही मार्गमा अगाडि बढाउन योजना आयोगले प्रभावकारी भूमिका खेल्न नसक्दा बजेटमा हाबादारी र पुरानै कार्यक्रम पर्ने पूर्वअर्थमन्त्री लोहनी बताउँछन् । उनका अनुसार योजना आयोगका सदस्यहरूले आफ्नो विज्ञता र दक्षता प्रदर्शन गरी राजनीतिक नेतालाई योजना, नीति र कार्यक्रम तर्जुमा र तिनको कार्यान्वयनको महत्त्व दर्शाउनेभन्दा पनि जागीरे प्रवृत्ति प्रदर्शन गरेको देखिन्छ ।

बढ्दै मृगौलाको रोग, उपचारमा डायलाइसिसको भर

दाङ – लमही निवासी वेदा आचार्यलाई सुगर र प्रेसरले च्याप्दै लग्यो। एक्कासी बिरामी परेपछि घोराही अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार हुन सकेन। त्यही साँझ नेपालगञ्ज पुर्‍याइयो। भनेजस्तो स्वास्थ्य लाभ नभएपछि काठमाडौँ लगियो। काठमाडौँमा मृगौला बिग्रिएको पत्ता लाग्यो। मृगौला जोगाउन डायलाइसिस गरियो। लमहीमा डायलाइसिस सेन्टर खुल्यो। काठमाडौँपछि लमहीमा डायलाइसिस गर्न थालियो। विगत दुई वर्षदेखि आचार्यको डायलाइसिस चलिरहेको […]

चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

चितवन । चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–९ का ४७ वर्षीय भरतविक्रम शाही नौ वर्षदेखि कलेजो रोगबाट पीडित भई उपचार सम्भव नभएपछि प्रत्यारोपणको प्रतीक्षामा बसेका थिए । शाहीमा यही असार १८ गते झन्डै १५ घण्टा लगाएर कलेजोको सफल प्रत्यारोपण गरिएको अस्पतालले जानकारी दिएको छ...

सनराइज बैंकद्वारा कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टरबाट उद्धार

सनराइज बैंकले कोरोना संक्रमित कर्मचारीको हेलिकोप्टर प्रयोग गरी उद्धार गरेको छ । बैंकको शिवालय शाखामा करिब २ वर्षदेखि कार्यरत शाखा प्रमुख राजनप्रसाद जमकट्टेलको कोभिडका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि बैंकले हेलिकोप्टरको प्रयोग गरी काठमाडौंमा ल्याई उपचार गराएको हो ।कच्ची बाटो र गम्भीर स्वास्थ्य अवस्था भएकाले एम्बुलेन्सबाट काठमाडौं ल्याउन सहज नभएपछि बैंकले हेलिकोप्टर व्यवस्था गरी काठमाडौंको […]