सल्यान : सल्यानमा सामुदायिक (सरकारी) विद्यालयमा पढाउने शिक्षकले तीन वर्षदेखि तलब पाएका छैनन्। निजी स्रोतबाट पढाउँदै आएका शिक्षकले पारिश्रमिक नपाएका हुन्।भैरवी आधारभूत विद्यालयमा १२ वर्षदेखि निजी स्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएको बताए। तीन वर्षदेखि तलब नपाउँदा दैनिक गुजारा गर्न निकै समस्या भएको उनको भनाइ छ। उनले भने, ‘विगतमा झैँ यो वर्षको चाडपर्व खल्लो हुने भयो। पारिश्रमिक आउने निश्चित नहुँदा अन्योल थपिएको छ।’ विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज