प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन २३ असोजमा दर्ता गरिने भएको छ । आयोगले आज प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार यसअघि आयोगले...
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रीय समितिको उमेदवारी मनोनयन जारी रहेको छ । कान्तो क्षेत्रीय समितिको आगामी कार्यकालका लागि उम्मेदवारी अनुप गौतमबाट सुरू भएको छ । कान्तो क्षेत्रीय समितिको नयाँ नेतृत्वका लागि आज (जुन २३) उम्मेदवारी मनोनयन तोकिएको छ । कुनै पनि पदको उम्मेदवार दिन योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले आज जापानी समय अनुसार दिउसो …
जनकपुर, २३ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धनुषाको चारवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ । विभिन्न दलका तर्फबाट तथा स्वतन्त्ररूपमा उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले उम्मेदवारी […]
निर्वाचन आयोगले उत्साहजनक र शान्तिपूर्ण रुपमा उम्मेदवारी मनोनयन दर्ता भएको जनाएको छ । आयोगले आइतबार विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तर्गत आज उम्मेदवारहरूको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रुपमा भएको जनाएको हो । आयोगले मनोनयन दर्ताको समय आइतबार बिहान १० देखि अपरान्ह ५ बजेसम्म ताकेको थियो । उक्त समयभि
काठमाडौं : उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसालले ललितपुर क्षेत्र नम्बर ३ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गरेकी छिन्।आइतवार निर्वाचन अधिकृतको कार्यलयमा पुगि उहनीले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएकी हुन्।उनी उम्मेदवारी दर्ता गराउन समर्थकहरूसहित निर्वाचन अधिकृतको कार्यालय पुगेकी थिइन्। उनी नेवारी झाँकीसहित उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतक
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित भएका थिए । उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गरेका छन् । उम्मेदवारी दर्ता पछि सञ्चारकर्
प्रतिनितिधिसभातर्फ १ सय ६५ र प्रदेशसभातर्फ ३ सय ३० सिटका लागि आइतबार एकसाथ उम्मेदवारी मनोनयन दर्ता हुँदै छ। समानुपातिकतर्फको बन्दसूची भने दलहरूले यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेका छन्।...
यही वैशाख ३० गते शुक्रबार देशभर एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि सोमबार उम्मेदवारी मनोनयन दर्ता सकिएको छ । निर्वाचन आयोगले आइतबार र सोमबारका लागि उम्मेदवारी दर्ताको मिति तोकेको थियो ।सोमबार साँझ ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा देशभर उत्साजनक रुपमा दर्ताको काम सम्पन्न भएको आयोगले जनाएको छ । निर्वाचन कार्यालयहरुबाट उम्मेदवार दर्ताको […]
यही वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार भएको उम्मेदवारी मनोनयनको पहिलो दिन मेयरमा ८ जनासहित १२७ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।दुई राजनीतिक दल र स्वतन्त्र गरी आठ जनाको मेयर पदमा उम्मेदवारी परेको छ । यस्तै उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको उनले बताए । मनोनयन दर्ता गर्नेमा जनमत पार्टीबाट अनिता देवी साह र नेकपा मालेबाट गीता कुमा
काठमाडौं, ३ चैत्र । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोकीएको छ । निर्वाचनमा उम्मेदवार बन्न प्रतिनिधिहरुले पदबाट राजीनामा दिनुपर्ने गरी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । अब हुने चुनावमा हाल पदमा बहाल रहेका जनप्रतिनिधिहरु पनि उम्मेदवार हुने तयारीमा जुटेका छन् । तर, जनप्रतिनिधिले उम्मेदवारी मनोनयन दर्ता गर्नु अघि नै बहाल रहेको […]
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरू भएको छ ।
सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।
चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।
सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा ...