आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता शुरू भएको छ ।
सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।
राष्ट्रिय सभा निर्वाचनमा १२ दलले भाग लिने र यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कोमल धमलाले जानकारी दिए ।
चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।
सत्ता गठबन्धनबीच चुनावी तालमेल हुँदा ...