आँखा पाक्ने रोगको सङ्क्रमणका कारण भक्तपुरका धेरै विद्यालय बन्द

काठमाडौँ- चाँगुनारायण नगरपालिका क्षेत्रभित्र सञ्चालित विभिन्न विद्यालयमा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएको छ । सङ्क्रमण बढेकाले छिमेकी नगरपालिकाहरुले धमाधम विद्यालय बन्द गराउन थालेपछि चाँगुनारायण नगरपालिकाले यहाँ सञ्चालिन विद्यालयहरुमा गरेको सर्वेक्षणमा करिब छ प्रतिशत विद्यार्थीमा रोगको सङ्क्रमण देखिएको नगर प्रमुख जीवन खत्रीले जानकारी दिए । नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत तथा समुदायिक […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा आँखा पाक्ने रोग नियन्त्रणमा आउन सकेन

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा आँखा पाक्ने रोग नियन्त्रमा आउनुको साटो अझै फैलन थालेको छ । जिल्लामा रोगको संक्रमण भएको तीन हप्ता भए पनि अझै नियन्त्रमा नआएको हो । जिल्लाका विभिन्न विद्यालयहरुमा दैनिक दर्जनौँ बालबालिका आँखा पाक्ने रोग लागेर विद्यालय आउन छाडेका छन् । फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा दैनिक झण्डै २५ देखि ३० जना आँखाका बिरामी आउने गरेकोमा अहिले ७५ देखि ८० जनासम्म बिरामी आउने गरेका छन् । आँखा पाक्ने रोग लाग्नु भन्दा अगाडि दैनिक आउने बिरामीको तुलनामा अहिले तीन गुणा बिरामी बढेको आँखा...

आँखा पाक्ने समस्याले बन्द हुँदै सल्यानका विद्यालय

सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु

स्याङ्जाका ५ नगरपालिकाका विद्यालय बन्द

स्याङ्जा । स्याङ्जामा आँखा पाक्ने तथा दुख्ने संक्रमण बढ्न थालेपछि ५ वटा नगरपालिकामा विद्यालय बन्द गरिएको छ । सक्रमण बढेसँगै पालिकामा सामुदायिक तथा संस्थागततर्फका बिद्यालय बन्द गरिएका हुन् । केही दिनदेखि आँखा पाक्ने रोग देखिएपछि गल्याङ्, वालिङ्, भीरकोट, चापाकोट, पुतलीबजार नगरपालिकाले थप संक्रमण फैलिन नदिनका लागि भन्दै ४ देखि ६ दिनसम्मका लागि विद्यालय बन्द गर्ने […]

पोखराभरि फैलियो आँखा पाक्ने रोग, ३ दिन विद्यालय बन्द

२३ साउन, पोखरा । बिहान ७ बजे नै पोखरा घारीपाटनस्थित हिमालयन आँखा अस्पतालमा बिरामीको भिड सुरु भइसक्छ । ८ बजेबाट सेवा सुरु हुने अस्पतालमा ९ बजेसम्म त २/३ वटा लाइनमा सेवाग्राहीको लामो लाइन देखिन्छ । गण्डकी प्रदेशकै एकमात्र आँखा अस्पतालमा अघिल्ला वर्षहरुमा यस्तो चाप हुँदैनथ्यो । यसपटक आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पोखरामा धेरै […]

आँखा पाक्ने रोग देखिएपछि पोखरा महानगरपालिकाका विद्यालय ३ दिन बन्द हुने

पोखरा । आँखा पाक्ने रोग देखिएपछि पोखरा महानगरपालिकाका संस्थागत तथा सामुदायिक विद्यालय ३ दिन बन्द हुने भएका छन् । बुधवारदेखि शुक्रवारसम्म विद्यालय बन्द गरिने निर्णय गरिएको महानगर शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले जानकारी दिए । उनका अनुसार विद्यार्थीको संख्या कम हुन थालेपछि पोखरा महानगरभित्रका संस्थागत २ सय ४३ र सामुदायिक २ सय ३ […]

आँखा पाक्ने रोगले धमाधम विद्यालय बन्द

आँखा पाक्ने रोग फैलन थालेपछि धमाधम विद्यालय बन्द भएका छन् । विद्यार्थी–शिक्षकसँगै संक्रमण घर–घर पुग्न थालेपछि केही दिनका लागि विद्यालय बन्द गर्न थालिएको हो ।

आँखा पाक्ने रोग बढेपछि सुनवलमा तीन दिन स्कूल बन्द

रुपन्देही । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आँखा पाक्ने रोग बढ्दै गएपछि तीन दिनको लागि विद्यालय बन्द गरेको छ । विद्यालय पढ्न जाने बालबालिकामा आँखामा संक्रमण बढी भएको पाइएपछि नगरपालिकाले मंगलबारदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेले वर्षे विदामा मिलान गर्ने गरी जोखिमलाई मध्यनजर गरेर तीन […]

आँखा पाक्ने रोग फैलँदा विद्यालय बन्द

पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि जिल्लाका सबै पालिकाले मङ्गलबारदेखि चार दिन विद्यालय बन्द गरेका छन्। कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले विद्यालय बन्द गरेको जानकारी दिनुभयो। उहाँले जिल्लाको देवचुली, गैँडाकोट, नगर, नवलपुर, मध्यबिन्दुलगायतका जिल्लाका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ९० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो।

आँखा पाक्ने रोग बढेपछि सबै पालिकाका विद्यालय बन्द

नवलपुरमा आँखा पाक्ने रोग महामारीका रूपमा देखा परेपछि सबैभन्दा बढी विद्यार्थी प्रभावित भएका छन् । जिल्लाका सबै पालिकाले आजदेखि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आँखा पाक्ने रोगले विद्यालय बन्द गर्ने निर्णय

झापामा आँखा पाक्ने रोग फैलिएसँगै उपचारका लागि अस्पतालमा भीड लागेको छ । आँखा पाक्ने रोगका कारण बिर्तामोड र भद्रपुर नगरपालिकाका विद्यालय सोमवारसम्म बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।