ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा आँखा पाक्ने रोग नियन्त्रमा आउनुको साटो अझै फैलन थालेको छ ।
जिल्लामा रोगको संक्रमण भएको तीन हप्ता भए पनि अझै नियन्त्रमा नआएको हो ।
जिल्लाका विभिन्न विद्यालयहरुमा दैनिक दर्जनौँ बालबालिका आँखा पाक्ने रोग लागेर विद्यालय आउन छाडेका छन् ।
फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा दैनिक झण्डै २५ देखि ३० जना आँखाका बिरामी आउने गरेकोमा अहिले ७५ देखि ८० जनासम्म बिरामी आउने गरेका छन् ।
आँखा पाक्ने रोग लाग्नु भन्दा अगाडि दैनिक आउने बिरामीको तुलनामा अहिले तीन गुणा बिरामी बढेको आँखा...