सल्यान : आँखा पाक्ने समस्या बढ्दै गएपछि सल्यानका केही विद्यालय बन्द भएका छन्। आँखा पाक्ने रोग तीव्र गतिमा फैलिएको भन्दै सल्यानका केही निजी (संस्थागत) विद्यालयले एक हप्ताका लागि स्कुल बन्द गरेका छन्। विद्यार्थीलाई संक्रमित हुनबाट जोगाउन विद्यालय भदौ ३ गतेसम्मका लागि बन्द गरिएको मोर्डन तुल्सी माध्यमिक विद्यालय शितलपार्टीका भाइस प्रिन्सिपल दिपेन्द्र डाँगीले जानकारी दिए। केही विद्यार्थीमा आँखा पाक्ने रोग देखिएको र अन्य विद्यार्थीमा पनि फैलिन सक्ने भएकाले एक हप्ताका लागि विद्यालय बन्द गर्नु