अब्दुल्लाह अलमुताइरी नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक

२२ चैत, काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् । चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् । उनको खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ […]

सम्बन्धित सामग्री

मैदानमा ढलेका अलमुताइरी अस्पतालबाट डिस्चार्ज

एजेन्सी । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए ।

के छ अब्दुल्लाह अल्मुताइरीको अबको योजना ?

१५ कात्तिक, काठमाडौं । साफ च्याम्पियनसिपका दौरान नेपाल नफर्किने अभिव्यक्ति दिएका अब्दुल्लाह अलमुताइरी अझै ३ वर्ष नेपाली फुटबल टिमको मुख्य प्रशिक्षक रहने रहने पक्का भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अब्दुल्लाह अलमुताइरीसंग ३ वर्षको नयाँ सम्झौता गर्दै मंगलबार प्रस्तुत गर्‍यो । जसमा एन्फाले अलमुताइरीसंग ३ वर्षको नयाँ सम्झौता भएको र २०२४ को अन्तयसम्म उनी […]

राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अलमुताइरी थप दुई वर्ष नेपालमै रहने

काठमाडौं : अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अझै दुई वर्ष नेपाली फुटबल टिमको प्रशिक्षक रहने बताएका छन्। आज नेपाली कांग्रेसको तरुण विभागले साफ च्याम्पियनसिप २०२१ मा सहभागी खेलाडीलाई सम्मान गर्न आयोजित कार्यक्रममा उनले प्रशिक्षक अलमुताइरी अझै दुई वर्ष नेपालमै रहने बताएका हुन्। 'कोचको समाधान…

अलमुताइरीको आक्रोश- ‘साफ चाहन्छ भने सिधै भारतलाई उपाधि दिए भयो’

काठमाडौं । नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी दक्षिण एसियाली फुटबल महासंघ (साफ)को प्रतिबन्धप्रति आक्रोश पोखेका छन्। प्रतिबन्धपछि आयोजित भर्चुअल प्रत्रकार सम्मेलनमा साफले चाहे सिधै भारतलाई उपाधि दिन चुनौती दिएका हुन्।उनले आफूमाथिको कारबाही व्यक्तिगत मात्र नभएर नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकमाथि र नेपाली फुटबलमाथिको कारबाही भएको समेत बताए।

फुटबलमा प्रशिक्षक अलमुताइरीले देखाएको आशा

३१ जेठ, काठमाडौं । कुवेतमा विश्वकप र एसिया कप छनोटको दोस्रो चरणका बाँकी खेल खेलेर नेपाली फुटबल टिमका सदस्य आइतबार स्वदेश फर्किएका छन् । खेल सकिएपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी केही समयपछि फर्किने गरी कुवेतमा नै छन् …

इराक पुग्यो नेपाली फुटबल टोली

नेपाली फुटबल टोली इराक पुगेको छ । इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर र एसियन कप क्वालिफायरको लागि नेपाली फुटबल टोली इराक पुगेको हो ।  कुवेतका अब्दुल्लाह अलमुताइरी मुख्य प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।नेपालले जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ र विश्वकप छनोटका तीन खेल खेल्न कुवेत जानेछ । जहाँ नेपालले जेठ २० गते चाइनिज ताइपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले यसअघि ५ खेल खेल्दा १ जितबा

नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अब्दुल्लाह अलमुताइरी नियुक्त

काठमाडौं । कुवेतका अब्दुल्लाह अलमुताइरी नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । एन्फाको प्राविधिक कमिटीको सिफारिसमा उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । ४० वर्षीय अलमुताइरीले कम्तीमा एक वर्ष नेपाली फुटबल टिमलाई प्रशिक्षण दिनेछन् ।विश्व फुटबल महासंघले सदस्य राष्ट्रलाई ‘प्रो लाइसेन्स’ ...

नेपाली फुटबल टिमको प्रशिक्षकमा अब्दुल्लाह नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा कुवेतका अब्दुल्लाह अलमुताइरी नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई तत्काल लागू हुने गरी राष्ट्रिय टिमको जिम्मेवारी दिएको हो ।