मैदानमा ढलेका अलमुताइरी अस्पतालबाट डिस्चार्ज

एजेन्सी । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पतालबाट डिस्चार्ज भएका छन् । एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरण अन्तर्गत घरेलु टोली कुवेतसँगको शनिबार भएको खेलका दौरान अलमुताइरी टेक्निकल एरियामा अचेत भएर ढलेका थिए ।

सम्बन्धित सामग्री

ब्राजिली फुटबलरमाथि हत्या प्रयासको अभियोग, रेफ्रीको टाउकोमा हानेका थिए लात्ती

ब्राजिली फुटबलर विलियम रिबेइरोमाथि हत्या प्रयासको अभियोग लागेको छ । सोमबार सम्पन्न खेलका दौरान रेफ्रीको टाउकोमा उनले पहिले टाउकोले प्रहार गरेका थिए । रेफ्री मैदानमा ढलेपछि फेरि टाउकोमा लात्ती हाने । साओ पाओलोका रेबिइरोले गुआरानी विरुद्धको खेल चलिरहेको ६० मिनेटमा यस्तो खराब हर्कत गरेका हुन् । टाउकोमा लात्ती लाग्नासाथ रेफ्री रोड्रिगो क्रिभेलारो बेहोश भएका थिए, त्यसपछि उनलाई तत्कालै अस्पताल लगिएको थियो । त्यस्तै खेल पनि स्थगित भयो । रेफ्री क्रिभेलारो मंगलबार अस्पतालबाट डिस्चार्ज भएका छन्

डेनमार्कका मीडफिल्डर एरिकसन अस्पतालबाट ‘डिस्चार्ज’ भए

डेनमार्कका मीडफिल्डर क्रिश्चियन एरिकसन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । उहाँको मुटुको शल्यक्रिया गरिएको छ । २९ वर्षीय डेनमार्कका मीडफिल्डर एरिकसनको फिनल्याण्ड बिरुद्धको यूरो कप फुटबल २०२० अन्तगर्तको खेलमा कोपेनहेगनमा गत् शनिबार मैदानमै हृदयघात भएको थियो । तात्कालै मैदानमा ढल्न पुगेका एरिकसनको आपातकालीन उपचार गरिएपनि होसमा नआएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार उहाँको उपचार भइरहेको अस्पतालमा टोलिका सदस्यले भ्रमण गरेका थिए । लगत्तै उहाँ आफ्नो परिवारजनसँग घर फर्किनुभएको छ ।