काठमाडौं : आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्ने निजी स्कुल हो समता स्कुल। गरिबीका कारण कोही पनि शिक्षाबाट वञ्चित हुन नपरोस् भनी समताले अंग्रेजी माध्यममा नर्सरीदेखि माष्टर डिग्रीसम्म मासिक एक सय रुपैयाँमै शिक्षा दिँदै आएको छ।उत्तम सञ्जेलले २०५८ सालमा स्थापना गरेका समता स्कुल अहिले उपत्यकासँगै बाहिर जिल्लामा ७७ वटा स्कुल सञ्चालनमा छन्। विदेशमा पनि सञ्चालनमा छ। समता स्कुलका अनुसार हाल सबै गरी ४० हजारभन्दा बढी विद्यार्थी समतामा अध्ययनरत छन्।समता स्कुललाई