कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रयोगशाला स्तरवृद्धि गरिएको छ । बढ्दो नागरिकको जनगुनासोलाई मध्यनजर गर्दै कर्णाली प्रतिष्ठानको ल्याब सेवा जनशक्ति सहित स्तरवृद्धि गरिएको हो । विगतमा ल्याब नागरिकको अत्यधिक भीड लाग्ने गथ्र्यो ।ल्याबको स्तरउन्नतिसँगै अब जुम्लामै थाइराइडको परीक्षण हुने कर्णाली प्रतिष्ठानका निर्देशक डाक्टर पुजन रोकायाले बताए । उनले भने, “यसअघि थाइराइड परिक्षणका लागि […]