राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा चालु आवमा १५० मानवीय डिएनए र झण्डै १०० जनावरको डिएनए परीक्षण भएको छ । साउनदेखि यता ४५ मुद्दाका १५० नमूना परीक्षण गरिएको र जनावरको ८५ मुद्दाका एक सय नमूना परीक्षण भएको हो । खासगरी अदालतबाट आएका मुद्दामा मानिसको डिएनए परीक्षण हुने गरेको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिका डिएनए युनिटका प्रमुख निराजन थापा क्षेत्रीले बताए । कतिपय व्यक्तिगतरुपमा पनि डिएनए परीक्षण गर्न आएपनि नगरिएको उनले बताए । उनले भने, “व्यक्तिगतरुपमा गर्दा सामाजिकरुपमा समस्