नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन स्थायी कमिटीको बैठक बोलाएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा सोमबार बिहान बोलाइएको बैठकले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको मापदण्ड तयार पार्नेछ । बैठकको एजेण्डाबारे माओवादी नेता नारायणकाजी श्रेष्ठले रातोपाटीसँग भने ‘पार्टीले राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व प्रणाली लगायत केही टेक्निकल कुराहरु मिलाउनुपर्नेछ, त्यसैका निम्ति बैठक बस्न लागेको हो ।’नेकपा माओवादी केन्द्रले आगामी पुस