–युवराज पाण्डे/रासस नेपालगञ्ज, २८ असोज । बाँकेको राप्तीसोनारी गाउँपालिका–९ की सीता शाहीलाई नियमित औषधि खानका लागि पैसाको जोहो गर्न धौधौ भएको छ । द्वन्द्वपीडित शााहीलाई औषधोपचारकै चिन्ता लाग्छ । द्वन्द्वमा दाजुभाइ गुमाएर अहिले पनि एक्लिएको महसुस गरिरहेकी शाहीलाई उपचारमा पैँसा खर्च गर्नुपर्दा सबैभन्दा बढी असहज र पीडाबोध हुँदोरहेछ । “हामीलाई अहिले पनि एक्लो भएको अनूभव […]