अदुवाले बजार नपाउँदा किसान चिन्तामा

लमजुङ । पूर्वि लमजुङ राइनासका किसानहरु अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका ५ तिनपिप्लेमन स्थानियले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब  १० क्विन्टल अदुवाले बजार नपाएको हो । प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले […]

सम्बन्धित सामग्री

किवी बिक्री नहुँदा किसान चिन्तामा

उदयपुर- उदयपुर रौतामाई गाउँपालिका बोलुङखा चिसापानीमा उत्पादन भएको किवीले बजारमा उचित मूल्य नपाउँदा किसान चिन्तित बनेका छन् । सात वर्षअघि व्यावसायिकरूपमा किवी खेती सुरु गरिएको र राम्रो उत्पादन हुँदा पनि बजार नपाउँदा किसान चिन्तित बनेका हुन् । अहिले रौताको बोलुङखा, चिसापानी र नामन्त क्षेत्रका किसानले एक सय केजीदेखि पाँच सय केजीसम्म किवी उत्पादन गरिरहेका छन् […]

किवीले बजार पाएन, किसान भन्छन्: कहाँ लैजाने र बिक्री गर्ने ?

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा हुनुहुन्थ्यो । उहाँलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपिन्छ । केही वर्षदेखि उहाँलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष […]

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ ।बजार मूल्य वृद्धिका आधारमा दूधको मूल्य पनि बढाउनुपर्ने भोजपुर नगरपालिका–४ शिद्धेश्वरमा व्यावसायिक रुपमा पशुपालन गरिरहेका स्थानीय गणेश विष्टले बताए । पशुलाई खुवाउनुपर्ने दानाको भाउको मूल्य वृद्

दूधले उचित मूल्य नपाउँदा किसान चिन्तित

भोजपुर– उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ ।  बजार मूल्य वृद्धिका आधारमा दूधको […]

दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

काठमाडौँ,२७ साउन । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि दूधको मूल्य भने विगत १० वर्षदेखि मूल्य समान रहेको किसानको गुनासो छ । बजार मूल्य वृद्धिका […]

किसान मल नपाएर चिन्तामा, ५०० टन एक महिनादेखि भन्सारमै अलपत्र!

काठमाडौं : देशैभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन्। मकै लगाउँदा रासायनिक मल नपाएका किसानहरु धान लगाउने सिजनमा समेत मल नपाएपछि नजिकको बजार र सहकारीहरुमा घण्टौंसम्म लाइनमा बसेर रित्तो हात फर्कन बाध्य छन् यतिबेला। यसरी वर्षभरको मुख्य बाली धान लगाउने सिजनमा समेत मलको हाहाकारले देशैभरका किसान बेचैन रहेको बेला…

तालेजुङमा उत्पादित किवीले बजार पाएन, लगानी डुब्ने चिन्तामा किसान

पुस २०, तालेजुङ । बजार अभावका कारण तालेजुङमा उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवी खेतीको आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा संलग्न किसान चिन्तित भएका छन् । ताप्लेजुङमा पाँच/सात वर्षअघिदेखि किसानले किवीखेती शुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन शुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ ।  किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो । सिरिजंगा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ । यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनु पर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।  यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलो रू. ६०० सम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रू. ८० देखि १०० सम्ममा खरीदविक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनु परेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ ।  किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए । रासस

बागलुङमा बर्षे आलुले पाएन बजार, किसान चिन्तित

बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपुर्याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो । ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसिखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीत भण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो

खर्बुजाले बजार पाएन, लाखौँको लगानी डुब्ने चिन्तामा किसान

कोरोना महामारीका कारण बजार बन्द भएपछि सर्लाहीमा उत्पादित लाखौँ मूल्यको खर्बुजा कुहिने अवस्थामा पुगेको छ । बरहथवा नगरपालिकाको ७ नम्बर वडामा स्थानीय किसानले उत्पादन गरेको १५ लाख मूल्यबराबरको खर्बुजा बिक्री गर्न...

उत्पादित तरकारी बारीमै कुहिने चिन्तामा किसान

कैलाली। धनगढी उपमहानगरपालिकाका किसानलाई उत्पादित तरकारी बारीमै कुहिने चिन्ताले सताउन थालेको छ। कोरोना भाइरसको दोस्रो लहर नियन्त्रण गर्न गरिएको निषेधाज्ञाले उत्पादित तरकारी बेच्न पाएका छैनन। तरकारी बजार पनि नपाएको र बेच्न नपाउँदा किसान चिन्तित बनेका हुन्। कृषक मुमताज गुप्ताले उत्पादित टमाटर, भन्टा, लौका, फर्सीलगायत तरकारी बारीमै खेर जाने डर लागिरहेको बताए।