तालेजुङमा उत्पादित किवीले बजार पाएन, लगानी डुब्ने चिन्तामा किसान

पुस २०, तालेजुङ । बजार अभावका कारण तालेजुङमा उत्पादित किवीले अपेक्षाकृत मूल्य नपाउँदा किसान निराश भएका छन् । सुरुमा धेरै राम्रो मूल्य आएकाले सोहीअनुसार मूल्य पाउने अपेक्षासहित किसानले किवी फलको खेती गर्न थालेका थिए । ताप्लेजुङसहित पूर्वका अधिकांश पहाडी तथा हिमाली जिल्लाका किसानले किवीको राम्रो बजार देखेपछि किवी खेतीप्रति प्रभावित भएर किवीखेती गर्न लागिएको तर अहिले सोचेजस्तो मूल्य नआएपछि उनीहरू निराश भएका छन् । किवी खेतीको आर्थिक लगानी डुब्न लागेको भन्दै खेतीमा संलग्न किसान चिन्तित भएका छन् । ताप्लेजुङमा पाँच/सात वर्षअघिदेखि किसानले किवीखेती शुरु गरेको पाइन्छ । अहिले धेरै किसानले व्यावसायिकरूपमा किवीखेती लगाउन शुरु गरेका छन् । किसानले लगाएको खेतीबाट किवी उत्पादन हुन थालेसँगै बजारमा किवीको माग निरन्तर घट्दै गएकाले सोचेजस्तो फाइदा लिन नपाएको किसानको भनाइ छ ।  किसानकाअनुसार किवी उत्पादन बढ्दै जाँदा बजार माग भने नभएकाले उनीहरूमा बजारको चिन्ता रहँदै आएको थियो । सिरिजंगा गाउँपालिका–५ पेदाङका किसान खेलप्रसाद बुढाथोकीले किवीको बजार माग शून्यजस्तै रहेको बताए । जिल्लामा अधिकांश किसानले एकै समयमा किवीखेती शुरु गरेकाले अहिले सबै ठाउँमा उत्पादन हुन थालेको बुढाथोकीले बताए । किवीको बजार नहुँदा उत्पादन धमाधम भए पनि आम्दानी लिनबाट किसानले बञ्चित हुनुपरेको उनको भनाइ छ । उनकाअनुसार जिल्लामा झण्डै एक हजार क्विन्टलको हाराहारीमा किवी उत्पादन हुन थालेको छ । यस्तै फुङ्लिङ नगरपालिका–६ का किसान हर्कराज गुरुङले पनि आम्दानी थाप्ने समयमा किवीले बजार नपाउँदा आफूहरू मारमा परेको बताए । किवीको बजार अभावसँगै उचित मूल्य नपाउँदा खेतीमा संलग्न किसान मारमा पर्दै आएको अवस्थालाई दृष्टिगत गरी स्थानीय सरकारले बजार व्यवस्थापनमा सहयोग गर्नुपर्ने गुरुङले माग गरे । शीतभण्डार (कोल्डस्टोर) सहित प्रशोधन गर्ने व्यवस्था भएमा किसानलाई राहत पुग्ने उनको भनाइ छ । पाथीभरा याङ्वरक गाउँपालिका–३ तिरिङ्गेका किसान विजय डाँगीले किवीको बजार व्यवस्थाका लागि स्थानीय सरकार हुँदै प्रदेश र संघीय सरकारबाट कुनै सहयोग नहुने हो भने किसानले लाखौँ आम्दानी गुमाउनु पर्ने अवस्था आउने बताए । बजार व्यवस्थामा तीनै तहको सरकारको सहयोग भएमा किवी खेतीमा संलग्न किसानलाई ठूलो राहत पुग्ने डाँगीको भनाइ छ ।  यसरी उनीहरू जस्तै जिल्लामा किवीको व्यावसायिक खेतीमा संलग्न रहँदै आएका किसान बजार अभावले भौतारिँदै आएका छन् । सुरुमा प्रतिकिलो रू. ६०० सम्म पर्ने गरेकोमा अहिले स्थानीय बजारमा मुस्किलले प्रतिकिलो रू. ८० देखि १०० सम्ममा खरीदविक्री हुने गरेको छ । उक्त मूल्यमा पनि जिल्लामा उत्पादन हुने सबै परिमाण खपत नहुने किसानको भनाइ छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका स्थानीयवासी कुमारीबुद्ध काम्बाङले पनि किवीबाट राम्रो फाइदा लिन सकिने अवस्था रहँदारहँदै पनि यसबाट किसान बञ्चित हुनु परेको बताए । शीतभण्डारको व्यवस्था भएमा किवीलाई लामो समयसम्म राखेर उपभोग गर्न सकिने काम्बाङको भनाइ छ ।  किवीलाई प्रशोधन गरेर जुस, वाइनलगायत रक्सीजन्य परिकार बनाएर उपभोग गर्न सकिने र यसबाट किसानले आम्दानी गर्नसक्ने अवस्था रहेको काम्बाङले बताए । रासस

सम्बन्धित सामग्री

खडेरीले धान सुक्यो, चिन्तामा किसान

राँझा, ४ साउन । बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । “मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको छ, अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुनेछ”, जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले भने, “वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको छ […]

पानी नपरेपछि खडेरीको चिन्तामा किसान

– गोपालप्रसाद बराल महोत्तरी, २५ असार । असारे पानीमा रुझ्दै धान रोप्नुपर्ने बेलामा पानी नपरेकाले यहाँका किसान धान लगाउन नपाएपछि चिन्तित छन् । मध्य असारअघि धानको शाही (बीउ) रोपाइँ सकेर अहिले रोपो गोड्ने बेला धानको गाबो नै लाउन नपाएका यहाँका किसान खडेरीको चिन्ताले पिरोलिएका हुन् । “अई बेर मुँहमे माड लगवाक कोनो उपाय नई सुधैय” […]

उत्पादन घट्ने चिन्तामा किसान

काठमाडौँ,२८ असार । समयमा राम्ररी खेती लाउन नपाएपछि महोत्तरीका किसान यसपालि धान उत्पादन घट्ने चिन्ताले पिरोलिएका छन् । बीउ, मलको अभाव र समयमा रोपाइँ सक्न नपाएपछि किसानलाई उत्पादन घट्ने चिन्ता परेको हो । जेठ २२ भित्र ब्याड राखी सकेर असारको अन्ततिर रोपाइँ सकिए अपेक्षित उत्पादन हुने किसान बताउँछन् । “जेठको तेस्रो साताभित्र ब्याड राख्न सकिएर […]

अदुवाले बजार नपाउँदा किसान चिन्तामा

लमजुङ । पूर्वि लमजुङ राइनासका किसानहरु अदुवाले बजार नपाउँद चिन्तामा परेका छन् । राइनास नगरपालिका ५ तिनपिप्लेमन स्थानियले सामूहिक रूपमा अदुवा खेती गरी उत्पादन गरेको करिब  १० क्विन्टल अदुवाले बजार नपाएको हो । प्रगतिशील दलित बहुउद्देश्यीय कृषि समूहमा आबद्ध २५ जना किसानले गत वर्ष सामूहिक हलेदो र अदुवा खेती  गरेका थिए । नगरपालिकाको सहयोगमा उनीहरूले […]

अभिनेत्री प्रियंकाको अनुहारमा चोट देखेपछि प्रशंसकहरु चिन्तामा !

एजेन्सी । बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा अनुहारमा चोट लागेको तस्वीर सार्वजनिक गरेपछि उनका प्रशंसकहरू चिन्तामा परेका छन् । प्रियंकाले आफ्नो गाडीमा खिचेको सेल्फिमा उनको अनुहारमा चोट देखिएको छ , साथै उनको नाक र ओठबाट रगत बगेको छ । यो तस्वीर प्रियंकाले सामाजिक सञ्जालमा इन्टाग्राममा राखेपछि के कारण उनको अनुहारमा चोट लाग्यो […]

मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय

कावासोती, १ मंसिर । पूर्वी नवलपरासीमा थारू समुदायको बाहुल्यता छ । थारू समुदायको आफ्नै मौलिक कला र संस्कृति छ । ती कला र संस्कृतिको जगेर्ना गर्न थारू समुदायका अगुवाले पहल गर्दै आएका छन् । यति गर्दागर्दै पनि उनीहरुको पुरानो मेडरी नाच लोप हुने अवस्थामा छ । थारू समुदायका अन्य नाच युवापुस्ताले जगेर्ना गर्दै आएको भए […]

छोरा जेल परेपछि चिन्तामा शाहरुख खान

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान क्रुज ड्रग्स काण्डमा जेल परेका छन् । भोलि अक्टोबर १३ मा पुनः उनको जमानतको सुनुवाई हुने भएको छ । उनका वकिल सतिश मानशिन्देले सेन्सस कोर्टमा उनको जमानतको लागि अपिल गरेका छन् । यसैबीच, शाहरुख खान छोराको भविष्यलाई लिएर चिन्तामा भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।आर्यन खान बलिउडका सुपरस्टारका छोरा हुन् । आर्यन बलिउड उद्योगको चर्चित स्टार किडमा एक हुन् । आर्यन खानलाई लाइमलाइटमा खासै चासो छैन । उनी खासै मिडियामा देखिदैनन् । उनी अवार्ड शो पनि खासै देखिदैन

बारीमा लटरम्म फलेका अनार कुहिन थालेपछि किसान चिन्तामा

मुगु – हिमाली जिल्लाको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिका एक कृषकले लगाएका अनार पाक्ने समयमा बोटमा नै कुहिन थालेपछि किसान चिन्तामा परेका छन् ।खत्याड गाउँपालिका–१० को ह्रायाङ्गलु गाउँका स्थानीय कृषक चन्द्रबहादुर रोकायाले आफ्नै निजी ७ हजार वर्गमिटर क्षेत्रफलको जग्गामा लटरम्म फल्न लागेका ३ सयभन्दा बढी अनारका बिरुवामा दानमा कीरा लाग्न थालेपछि कृषक रोकाया निकै चिन्तामा […]

सडक सञ्जाल टुटेपछि सुरक्षित डेलिभरीको चिन्तामा गर्भवती

दुर्गा आचार्य सिन्धुपाल्चोक । मेलम्ची र भोटेकोशी नदीमा आएको बाढीका कारण सडक सञ्जाल बिच्छेद भएका गाउँका गर्भवती महिला स्वास्थ्यसंस्थासँगको पहुँच टुटेकाले कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा परेका छन् । बाढिले पुल बगाउने र कटान गरी यातायातका साधन चल्न नसक्ने गरी सडक बिगारेकाले सडक सम्पर्क बिच्छेद भएका गाउँका महिला कसरी सुरक्षित सुत्केरी हुने भन्ने चिन्तामा […]

अन्टार्कटिकाबाट विशाल बरफको पहाड टुक्रिएपछि वैज्ञानिक चिन्तामा !

अन्टार्कटिकामा रहेको विशाल आइसबर्गको एक ठूलो टुक्रा चिप्लिएर समुद्रमा खसेको छ । यो आइसबर्गको साइज ५ हजार २ सय वर्ग किलोमिटर रहेको नासाले जनाएको छ ।  यो हिमखण्ड दक्षिण जर्जियातर्फ बढीरहेको छ । वैज्ञानिकलाई यस हिमखण्डले चिन्तामा पारेको छ । यसको यसको रफ्तार यही रहेमा समुद्रमा अगाडि बढीरहेका जीवनका लागि खतरा उत्पन्न हुने वैज्ञानिकले चेतावनी दिएका छन् ।  यो ठोस चट्टान निकै विशाल छ । अमेरिकाको न्यूयोर्क शहरभन्दा पनि करिब ७ गुणा ठूलो रहेका नासाले जनाएको छ । वैज्ञानिकका अनुसार यो आइसबर्गले विश्वको वातावरणम...