काठमाडौं : नेपाल-भारतकाे पहिलाे मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलका हुन्। सुरुवाती गोल गरेको नेपाल अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो।खेलको ६० औं मिनेटमा भारतीय खेलाडीले गोल फर्काए खेललाई १–१ को बराबरीमा पुर्याएका हुन्। भारतका कप्तान सुनील क्षेत्रीले करिब २० यार्ड टाढाबाट गरेको शक्तिशाली प्रहार नेपालका गोलकिपर किरण चेम्जोङले डाइभ गर्दै बचाएपनि सोही बललाई अनिरुद्ध थापाले गोललाइन