काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेर बालुवाटारबाट बाहिरिएका छन्। प्रचण्डलाई भेट्न ओली आज बिहानै बालुवाटार पुगेका अध्यक्ष ओली छलफल सकेर बाहिरिएका हुन्। उनीहरूबीच केन्द्र, प्रदेश सरकारको बाँडफाँट र सरकारका नीति तथा कार्यक्रमहरुबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दलहरूले हिजो मात्रै राजनीतिक उच्चस्तरीय संयन्त्र बनाएका छन्। त्यसको नेतृत्व ओलीलाई दिइएको छ। यन्त्रले आवश्यकताअनुसार सरकारलाई मार्गनिर्देशनसमे