सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ । बैंकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसर पारेर मोबाइल बैंकिङ योजना ल्याएको हो । उक्त योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्नेछन् । भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । […]