उदयपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दुई कित्तामा बाँडिएको सत्तारुढ नेकपा फुटको असर प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेको छ। यति बेला एकातिर प्रचण्ड–माधव समूह र अर्कातिर केपी शर्मा ओली समूह दुवै समूहले आफू आधिकारिक नेकपा भएको दावी गरिरहेका छन्।पार्टी एक हुँदा नेकपामा उदयपुरबाट चारजना केन्द्रीय सदस्य सुरेश राई, जगनाथ खतिवडा, बलदेव चौधरी र मञ्जु चौधरी रहेका थिए। मञ्जुबाहेक तीनैजना प्रचण्ड–माधव समूह मै छन्। राई प्रदेश १ कमिटी सचिव हुन् भने ब