हेटौंडा : बागमती प्रदेश सरकारले केन्द्र सरकारको सिको गर्दै श्वेतपत्र जारी गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले श्वेतपत्र जारी गर्ने निर्णय गरेको हो। सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको प्रदेश सरकारका स्वास्थ्यमन्त्री नीमा लामाले जानकारी दिए।उनका अनुसार प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमी कमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गर्ने निर्णय गरेको छ।श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम