दार्चुलाको व्यास वाड-१ तिंकरमा मतदान सकियो, २३१ जना मतदाता रहेकोमा १३६ मत खस्यो

दार्चुलाको व्यास गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ।  तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन्। यहाँ १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए। यस्तै‚ व्यास–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ। दिउँसोसम्म २०९ ले मतदान गरेका छन्। यहाँ ३७५ जना मतदाता छन्। यी दुवै गाउँका मतदाता एक साताअघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु र तिंकर पुगेका थिए। यहाँका स्थानीय ६ महीना सदरमुकाम खलङ्गा र ६ महीना छाङ्गरु र तिंकर बस्ने गर्छन्। छाङ्गरु र तिंकर गाउँ पुग्न भारतको बाटो प्रयोग गर्नुपर्छ। त्यसैले, निर्वाचन सामग्री लगायत कर्मचारी र सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पठाइएको थियो।

सम्बन्धित सामग्री

महासंघमा मतदान सकियो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । व्यवसायीको भीडले आआफ्ना उम्मेदवारको पक्षमा होहल्ला गरेपछि करिब १ घण्टा मतदान रोकिएको थियो । मतदानमा वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, रामचन्द्र संघाई र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको छ । निर्वाचनमा कुल १९५३ मतदाता सहभागी छन् । महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार […]

डोल्पाको फोतगाउँ मतदान केन्द्रमा मतदान सकियो

डोल्पा : जिल्लाको जिल्ला  शे-फोक्सुन्डो गाउँपालिका अन्तर्गत वडा-६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।आइतबार बिहानदेखि नै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको हो।मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले मतदान सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार उक्त मतदान केन्द्रमा ३४ मतदाता छन्।

जिल्ला कारागार धनकुटामा मतदान सकियो

धनकुटा : जिल्ला कारागार धनकुटामा मतदान सम्पन्न भएको छ। कारागारमा रहेका ८८ कैदीबन्दी मध्ये ४२ जना मतदाता रहेका थिए। कारागारमा ५० पुरुष र ३८ महिला रहेका छन्। ४२ जना मतदातामा १ जनाको मृत्युु भएको र १ जना भर्खरै छुटेको कारण ४० जनाले मतदान गरेको मतदान अधिकृत शिव श्रेष्ठले जानकारी दिए। पूरा मत नझरेका कारण मत पेटिका शिलको कार्यक्रम ५ बजे मात्रै हुनेछ। धनकुटाका अन्य मतदान केन्द्रमा भने धमाधम मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए।

पर्साको एउटा मतदानस्थलमा मतदान सकियो

वीरगन्ज । पर्साको एउटा मतदानस्थलमा निर्वाचन सम्पन्न भएको छ । कुल ३७ मतदाता रहेको पर्साको वीरगन्जस्थित कारागार मतदानस्थलमा निर्वाचन सकिएको हो । वीरगन्ज कारागारका कैदीबन्दीहरुलाई लक्षित गरी यसैबर्षबाट अस्थायी मतदानस्थल थपिएको यो मतदानस्थलमा मतदान सकिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोख्रेलले बताए । कुल ३७ मतदाता रहेको यो मतदान केन्द्रमा एक जना मतदाता वीरगन्ज कारागरबाट […] The post पर्साको एउटा मतदानस्थलमा मतदान सकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शहिदभूमी गाउँपालिकाको स्थगित मतदान सकियो

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिका वडा न. ६ का ३ वटा मतदान केन्द्रमा बैशाख ३० गते स्थगित भएको मतदान सोमबार सम्पन्न भएको छ । विवादका कारण स्थगित भएको मतदान सोमबार सकिएको छ । २ हजार ५१३ मतदाता रहेको केन्द्रमा १ हजार ८ सय ६० मत खसेको छ । निर्वाचन शान्ति पूर्ण रुपमा सकिएको र शहिदभूमी […]

तिंकरमा मतदान सकियो, छाङ्गरुमा सकिँदै

दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका हुन् ।मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । तिंकर मतदान केन्द्रमा १११ पुरुष र १२० महिला गरी २३१ जना मतदाता रहेका थिए । व्याँस–१ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको जनाइएको छ । दिउँसोसम्म छांगरुमा २०९ ले म

मधेस प्रदेशको राष्ट्रियसभा निर्वाचनमा ६ जना मतदाता अनुपस्थित, मतदान सकियो

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत मधेस प्रदेशमा भएको निर्वाचनमा ६ जना मतदाता अनुपस्थित भएका छन् ।  बुधवार जनकपुरधामको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानमा भएको मतदानमा ३ सय ७२ जना मतदातामध्ये ३६६ ले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले निर्धारित समयमा ६ जनाले मतदान नगरेको बताए । मतदान नगर्नेमा चार जना स्थानीय तहका जनप्रतिनिधि र दुई जना प्रदेशसभा सदस्य रहेको उनले बताए । मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता

राप्रपा महाधिवेशनः मतदान सकियो

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ  । बाँकी मतदाता भने अनुपस्थित रहे । निर्वाचन समितिले रातिदेखि नै प्रक्रिया पुरा गरेर मतगणना सुरु गर्ने जनाएको छ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।

एमालेको मतदान सकियो, केही समयभित्र नतिजा सार्वजनिक हुने

चितवन । नेकपा एमाले महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। २ हजार १ सय ५३ मतदाता मध्ये अहिले २ हजार ८० जनाले मतदान गरेको निर्वाचन आयोगका सदस्य हरिशरण दाहालले जनाएका छन्। अबको केहीबेरमा मतगणना सुरु हुने र केही समयभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

कांग्रेसको काठमाडौं महानगरको नेतृत्व चयनका लागि मतदान सकियो

काठमाडौं, असोज १७ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत काठमाडौं महानगरपालिकाको नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । प्रर्दशनिमार्गस्थित सभागुहमा बिहान ९ देखि दिउँसो २ बजेसम्म मतदान गर्ने समय तोकिएको थियो । शनिबार उद्घाटन गरिएको अधिवेनशमा नेतृत्व चयनका लागि शनिबार ४ बजे नै मतदान प्रक्रिया सुरु गर्ने निर्वाचन कार्यतालिका रहेपनि मतदाता नामावली […]