एमालेको मतदान सकियो, केही समयभित्र नतिजा सार्वजनिक हुने

चितवन । नेकपा एमाले महाधिवेशन अन्तरगत नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। २ हजार १ सय ५३ मतदाता मध्ये अहिले २ हजार ८० जनाले मतदान गरेको निर्वाचन आयोगका सदस्य हरिशरण दाहालले जनाएका छन्। अबको केहीबेरमा मतगणना सुरु हुने र केही समयभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित सामग्री

मतदान सकियो, दुई घण्टापछि नतिजा सार्वजनिक गरिने

१२ असोज, काठमाडौ । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनमा एक हजार १३३ मत खसेको छ । अधिवेशनमा भूगोल, जनसंगठन र मनोनीत गरी एक हजार १७४ प्रतिनिधि सहभागी थिए । तर दिउँसो २ बजे शुरु भएर साँझ ८ बजे सकिएको मतदानमा ४१ जना अनुपस्थित रहे । मतदानका लागि ४० वटा विद्युतीय मेसिन राखिएको थियो । […]