राप्रपा महाधिवेशनः मतदान सकियो

पूर्वपञ्चहरुको पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदान शनिबार राति ११ बजे सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार कुल ४३७९ जना मतदातामध्ये ३८७३ मत खसेको छ  । बाँकी मतदाता भने अनुपस्थित रहे । निर्वाचन समितिले रातिदेखि नै प्रक्रिया पुरा गरेर मतगणना सुरु गर्ने जनाएको छ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् ।  

सम्बन्धित सामग्री

मतदान सकियो, मतगणना सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । शनिबार राति करिब साढे ११ बजे मतदान सकिएको राप्रपा निर्वाचन समितिका अधिकृत राजु बस्नेतले जानकारी दिनुभयो ।

राप्रपा महाधिवेशन : मतदान सकियो, कुल तीन हजार ९१७ मत खस्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । ढिलो गरी शनिबार मध्याह्न १२ बजेदेखि सुरु भएको मतदान राति करिब सवा ११ बजे सकिएको हो । कुल चार हजार ४६९ मतदाता रहेकोमा तीन हजार ९१७ मत खसेको निर्वाचन समितिले जनाएको छ । यसअघि,...