मञ्जुश्री फाइनान्सले काठमाडौंको टोखा नगरपालिका–४ गोंगबुमा नयाँ शाखा स्थापना गरेर सञ्चालनमा ल्याएको छ ।सो शाखाको फाइनान्सका संस्थापक अध्यक्ष दामोदरप्रसाद गौतमले उद्घाटन गरेका हुन् । पुस मसान्तसम्म १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले ११.६३ अर्ब निक्षेप संकलन गरी ११.०२ अर्ब कर्जा परिचालन गरेको कम्पनीले जनाएको छ ।फाइनान्सले विप्रेशण, […]