मञ्जुश्री फाइनान्सको चाबहिल शाखा सञ्चालनमा

काठमाडौं (अस) । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको चाबहिलमा आफ्नो २३औं शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीका संस्थापक अध्यक्ष एवं नेपाल सरकारका पूर्वमुख्य सचिव दामोदरप्रसाद गौतमले बुधवार उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् । २०७८ पुस मसान्तसम्ममा १ अर्ब ३५ करोड चुक्तापूँजी रहेको यस फाइनान्सले ११ अर्ब ६३ करोड निक्षेप संकलन गरी ११ अर्ब २ करोड कर्जा परिचालन गरेको छ  । साथै कम्पनीले विप्रेषण, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटीएम सेवा सञ्चालन गर्दै आएको छ ।