काठमाडौँ : प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष बुधवारदेखि अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी शुरु भएको छ।
यस अवसरमा राजधानीमा रहेकाहरु पशुपतिनाथ मन्दिरमा पितृलाई पिण्डादान दिन पुगेका छन्। कोरोना महामारीका कारण यसपटक पितृलाई दान दिन आइपुग्नेहरु फट्टफूट्टमात्र देखिए।