काठमाण्डाै - आज साउन महिनाको अन्तिम सोमवार । देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
आज अन्तिम सोमवार भएकाले पशुपतिमा पनि भक्तजनको भीड लागेको हो । कोरोनाको कारण यसवर्ष पशुपतिनाथको मन्दिर बन्द भए पनि मन्दिर परिसर बाहिर भक्तजनहरुको भीड लागेको छ । कोरोनाको जोखिम बढेसँगै पशुपतिलगायत मन्दिरमा नित्य पूजालाई मात्रै अनुमति दिइएको छ ।
मुल मन्दिर बन्द भए पनि दर्शनर्थीहरु मन्दिर परिसरमा पूजाका लागि पुगेका छन् । अन्तिम सोमवार भएकाले व्रतालुले आज व्रत थन्काउने गर्दछन् । यही कारण पनि पशुपतिमा भीड बढेको हो । साउन मह...