‘ठमेलको रात्रिकालीन व्यवसायलाई व्यवस्थित गरौँ’

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल क्षेत्रको रात्रिकालीन व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आचारसंहिता निर्माण गर्नुपर्ने बताउनुभएको छ । ठमेलका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्ले सोमबार साँझ काठमाडौँमा आयोजना गरेको ‘ठमेल क्षेत्रको शान्तिसुरक्षा सम्बन्धमा छलफल तथा अन्तरक्रिया’मा उहाँले आचारसंहिता बनाएर ठमेल क्षेत्रको रात्रिकालीन …

सम्बन्धित सामग्री

पोखराको लेकसाइडमा बढ्यो रात्रिकालीन व्यवसाय

कास्की  । पोखराको लेकसाइड चौबीसै घण्टा खुला भएपछि रात्रीकालीन व्यवसाय बढ्न थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई चौबीसै घण्टा खुलाउन दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रिकालीन व्यवसायमा चहलपहल बढेको हो । गत बुधवार सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराहा, काठमाडौंको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय चौबीसै घण्टा खुल्न दिने निर्णय गरेको थियो । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका रात्रिकालीन व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातिको समयमा पर्यटक रमाइरहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अब चलायमान हुने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । कोरोना संक्रमण पहिले पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लागानी गरेका थिए । त्यसै समयमा कोरोना संक्रमण बढेसँगै पर्यटन क्षेत्र शिथिल बनेको थियो । अहिले कोरोनाको संक्रमण कम हुँदै गएको, कोभिडका सबै प्रतिबन्ध हटाइएको र पछिल्लो समय सरकारले चौबीसै घण्ट रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेकाले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीय पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारको उक्त निर्णयले कोभिड प्रभावित पर्यटन उद्योगमा आशा जगाएको बताए । ‘कोरोना संक्रमणका कारण व्यवसाय ठप्प भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि आन्तरिक पर्यटक मात्र आए । आन्तरिक पर्यटकको भरमा व्यवसाय दिगो रूपमा चल्न सक्दैन,’ उनले भने, ‘अहिले कोरोना संक्रमण घटेको र रात्रिकालीन व्यवसाय बढ्ने भएकाले सम्बद्ध व्यवसायी उत्साहित भएका हुन् ।’ सरकारले ढिलै भए पनि पर्यटनमैत्री निर्णय गरेकाले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने उनले बताए । उनका अनुसार व्यवसायीले विगतमा राति १० बज्न नपाउँदै होटल, रेष्टुराँ बन्द गराउँदै हिँड्ने प्रहरीबाट हैरानी बेहोर्दै आएका थिए । राति अबेरसम्म व्यवसाय खुल्न थालेपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटक उत्साहित देखिएका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज बार, डान्स क्लब, रेस्टुराँ, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै चौबीसै घण्टा रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । लामो समयदेखि थला परेको पर्यटन व्यवसायको पुनरुत्थानमा समेत यसले टेवा पुग्ने विश्वास उनको छ । ‘चौबीसै घण्टा व्यवसाय खोल्दा दुई सिफ्टमा कर्मचारी आवश्यक पर्ने भएकाले थप रोजगारी सृजना हुन्छ । रोजगारीसँगै व्यवसायीको आम्दानी पनि बढ्छ,’ उनले भने । लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय चौबीसै घण्टा खोल्नदिन माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

दोहोरी साँझ र डान्स बार अब रातभर खुल्ने

रात्रिकालीन व्यवसाय अब रातभर सञ्चालन हुन पाउने भएका छन् । गृह मन्त्रालयले रात्रिकालीन व्यवसायलाई २४सै घण्टा सञ्चालनको अनुमति दिएको हो । होटल, रेस्टुरेन्ट, डान्स बार, डान्स क्लब, दोहोरी साँझ, रोधी घर, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय सञ्चालनको समय सीमा हटाउँदै गृहले २४सै घण्टा चल्न दिने निर्णय गरेको स्रोतले बताएको छ । गृहमन्त्री बालकृष्ण खाँणले रात्रिकालीन व्यवसाय सञ्चालनको मापदण्ड बनाउन गठन गरेको अध्ययन कार्यदलले २४सै घण्टा सञ्चालन गर्न दिन गरेको सिफारिस अनुसार गहृले निर्णय गरेको हो । गृहमन्त्री खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय अध्ययन कार्यदल बनाएका थिए ।प्रहरी प्रशासनले विकृति हुने भन्दै रात्रिकालीन व्यवसाय राति ९ बजेदेखि बन्द गराउँदै आएको थियो । तर, कतिपय व्यस्त स्थानमा भने व्यवसायीले रातको १ बजेसम्म यस्ता व्यवसाय चलाउँदै आएका थिए । राती अवेरसम्म रात्रिकालीन व्यवसाय सञ्चालन गर्दा व्यवसायी र प्रहरीबीच आर्थिक लेनदेन हुने गरेको शंका हुँदै आएको थियो । केही समय अघि अर्थ मन्त्रालयमा आयोजित ‘पुँजीगत खर्च सम्बन्धी अन्तर–मन्त्रालय छलफल’मा गृहमन्त्री खाँणले होटल तथा रेष्टुरेन्टलाई २४ सै घण्टा खुला राख्ने प्रस्ताव गरेका थिए ।  उनले प्रस्तावमा यसले व्यवसाय बढ्ने र त्यसले सरकारको राजस्व बढ्ने दाबी गरेका थिए ।पर्यटन चलायमानरात्रिकालिन व्यवसाय खुला हुँदा आन्तरिक र बाह्य पर्यटन पनि फस्टाउने अपेक्षा व्यवसायीहरुको छ । काठमाडौँको ठमेल, पोखराको लेकसाइट र चितवनको सौराहामा रात्रिकालिन व्यवसायको माग उच्च रहेको पर्यटन बोर्ड बताउँछ ।यसअघिःरात्रिकालिन व्यवसाय खुलाउन गृहको ‘ग्रीन सिग्नल’, व्यवसायी उत्साहितकोरोना महामारी सुरु हुनुभन्दा अगाडी ठमेल, सौराहा र लेकसाइडका व्यवसायीले पटक पटक यो विषय उठाउँदै आएका थिए । विदेशका पर्यटकीय गन्तव्यको मुख्य आकर्षण रात्रिकालिन व्यवसाय पनि भएकाले नेपालमा पनि यस्तो व्यवसाय सञ्चालन गर्न दिईनुपर्ने पोखराका पर्यटन व्यवसायी हरि भुजेल बताउँछन् ।रोजगारीमा वृद्धिदिउँसोको समयमा मात्रै व्यवसाय चल्दा जति रोजगारी सिर्जना भएको छ, रातीको समयमा पनि चल्दा सोही बराबरको रोजगारी सिर्जना हुने रेष्टुरेन्ट तथा होटल व्यवसायीको भनाई छ । ‘व्यवसाय दिनमा र रातमा गरी दोब्बर समय चल्ने भएपछि होटल तथा रेष्टुरेन्टलाई कामदार पनि दोब्बर संख्यामै चाहिन्छ’ पर्यटन व्यवसायी राज मैनाली भन्छन्, ‘साना साना गन्तव्यमा पनि यस्तो व्यवसाय बढाउँदै लैजानुपर्छ, यसले रोजगारीसँगै स्थानीय उत्पादनको खपत बढाउँछ ।’रात्रिकालिन यातायातको विस्तारअहिले रात्रिकालिन यातायातको सुविधा कमजोर छ । ठमेल, दरबारमार्ग लगायतका क्षेत्रमा ट्याक्सीले रात्रिकालिन सेवा दिने गरेको भएपनि त्यो पर्याप्त छैन । यदि रात्रिकालिन व्यवसाय खुलेको अवस्था र होटल तथा रेष्टुरेन्ट पनि २४ सै घण्टा खुल्ने अवस्था आएमा सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ ।यदि, सार्वजनिक सवारीले रात्रिकालिन सेवा विस्तार गरेको खण्डमा सेवाग्राहीले सस्तोमा सेवा पाउने र यातायात व्यवसाय पनि फस्टाउने व्यवसायीहरुको दाबी छ ।

रात्रिकालीन व्यवसाय २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ । गृह मन्त्रालयले होटेल, रेस्टुराँ, डान्स–दोहोरी–क्लब, लाउन्जबारलगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो । रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेलको नेतृत्वमा गठित १४ सदस्यीय कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई २४ […]

रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाउने

गृह मन्त्रालयले होटल, रेस्टुराँ, डान्स-दोहोरी-क्लब, लाउन्जबार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई २४ सै घण्टा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

रात्रिकालीन व्यवसाय

हजारौँ श्रमिकको आश्रयस्थल बनेको रात्रिकालीन व्यवसायलाई सरकारकै पहलमा व्यवस्थित बनाउन आवश्यक छ। रात्रिकालीन व्यवसायलाई रोजगारीको थलोका रूपमा स्थापित गर्दै व्यवसायी र श्रमिकको मानव अधिकारको रक्षा राज्यले गर्नुपर्छ ।

पर्यटन र रात्रिकालीन व्यवसाय ब्युँताउन कार्यदल बनाउँदै सरकार

काठमाडौँ – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै लयमा फर्काउन कार्यदल गठन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गरिने बताएका हुन् ।  मन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृ…

पर्यटन र रात्रिकालीन व्यवसाय ब्युँताउन कार्यदल बनाउँदै सरकार

काठमाडौँ – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै लयमा फर्काउन कार्यदल गठन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गरिने बताएका हुन् ।  मन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृ…

व्यायामशाला खुलाउन काठमाडौंका सीडीओलाई आग्रह

काठमाडौं व्यायाम व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई व्यायामशाला खुलाउन आग्रह गरेको छ । कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि भएको निषेधाज्ञासँगै व्यायामशाला बन्द गरिएको थियो । अन्य विभिन्न क्षेत्र खुकुलो हुँदै जाँदा समेत व्यायामशाला खुलेका छैनन् । ‘अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकाले यस व्यवसायलाई डान्सबार, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट वा मनोरञ्जन स्थलसँग तुलना गर्द...

कोरोना फैलिएसँगै यी ६ व्यवसाय फेरि प्रभावित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै जाँदा छवटा व्यवसाय फेरि प्रभावित बन्ने देखिएको छ। अघिल्लोपटकको सङ्क्रमणमा पनि सरकारले यिनै व्यवसायलाई सबैभन्दा पहिला बन्द गराएको थियो। आज फेरि सरकारले रेस्टुराँ, जिम, स्वीमिङ पुल, सपिङ मल, पार्टी प्यालेसमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। यसैगरी, ७ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न भनेको छ।

रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिन व्यवसायीको माग

ठमेल बन्द भएपछि नेपालको पर्यटन उद्योगमा ठूलो धक्का लागेको छ भन्दै परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले यसलाई क्रमशः खोल्दै लानुपर्ने बताए। त्यस क्रममा व्यवसायीले रात्रिकालीन व्यवसाय गर्दा कोटेश्वर, सुन्धारा, दरबारमार्ग र ठमेललाई एउटै मापदण्डमा सञ्चालन गर्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिएका थिए।