काठमाडौं व्यायाम व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीलाई व्यायामशाला खुलाउन आग्रह गरेको छ ।
कोरोना भाइरस संक्रमणको महामारी रोकथामका लागि भएको निषेधाज्ञासँगै व्यायामशाला बन्द गरिएको थियो । अन्य विभिन्न क्षेत्र खुकुलो हुँदै जाँदा समेत व्यायामशाला खुलेका छैनन् ।
‘अस्पताल उपचार गर्ने स्थान हो भने जिम तथा हेल्थ क्लबहरू पनि रोग लाग्न नदिन र रोग नियन्त्रण गर्ने प्रमुख थलो भएकाले यस व्यवसायलाई डान्सबार, रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट वा मनोरञ्जन स्थलसँग तुलना गर्द...