पर्यटन र रात्रिकालीन व्यवसाय ब्युँताउन कार्यदल बनाउँदै सरकार

काठमाडौँ – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै लयमा फर्काउन कार्यदल गठन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गरिने बताएका हुन् ।  मन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृ…

सम्बन्धित सामग्री

पोखराको लेकसाइडमा बढ्यो रात्रिकालीन व्यवसाय

कास्की  । पोखराको लेकसाइड चौबीसै घण्टा खुला भएपछि रात्रीकालीन व्यवसाय बढ्न थालेको छ । कोभिड–१९ को संक्रमणका कारण ठप्प भएको व्यवसायलाई चलायमान गराउन सरकारले पर्यटकीय क्षेत्रलाई चौबीसै घण्टा खुलाउन दिने निर्णयसँगै पोखराको लेकसाइड क्षेत्रको रात्रिकालीन व्यवसायमा चहलपहल बढेको हो । गत बुधवार सरकारले पर्यटकीय आवागमन बढी हुने पोखराको लेकसाइड, चितवनको सौराहा, काठमाडौंको ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा रात्रिकालीन व्यवसाय चौबीसै घण्टा खुल्न दिने निर्णय गरेको थियो । प्रहरी प्रशासनको निर्देशनमा लेकसाइडका रात्रिकालीन व्यवसाय यसअघि राति १० बजेसम्म सञ्चालन हुँदै आएका थिए । रातिको समयमा पर्यटक रमाइरहेको बेला प्रहरीले व्यवसाय बन्द गराउँदा पर्यटक र व्यवसायी दुवैले विगतमा गुनासो गर्दै आएका थिए । दुई वर्षदेखि कोरोना संक्रमणले थला परेको व्यवसाय अब चलायमान हुने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । कोरोना संक्रमण पहिले पर्यटक आगमन बढ्ने आशामा व्यवसायीले पर्यटन क्षेत्रमा ठूलो लागानी गरेका थिए । त्यसै समयमा कोरोना संक्रमण बढेसँगै पर्यटन क्षेत्र शिथिल बनेको थियो । अहिले कोरोनाको संक्रमण कम हुँदै गएको, कोभिडका सबै प्रतिबन्ध हटाइएको र पछिल्लो समय सरकारले चौबीसै घण्ट रात्रिकालीन व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेकाले पोखराका पर्यटन व्यवसायी उत्साहित भएका छन् । स्थानीय पर्यटन व्यवसायी गोविन्द शर्माले सरकारको उक्त निर्णयले कोभिड प्रभावित पर्यटन उद्योगमा आशा जगाएको बताए । ‘कोरोना संक्रमणका कारण व्यवसाय ठप्प भयो । कोरोना संक्रमण कम भएर खोलिएको समयमा पनि आन्तरिक पर्यटक मात्र आए । आन्तरिक पर्यटकको भरमा व्यवसाय दिगो रूपमा चल्न सक्दैन,’ उनले भने, ‘अहिले कोरोना संक्रमण घटेको र रात्रिकालीन व्यवसाय बढ्ने भएकाले सम्बद्ध व्यवसायी उत्साहित भएका हुन् ।’ सरकारले ढिलै भए पनि पर्यटनमैत्री निर्णय गरेकाले नेपालको पर्यटन क्षेत्रका बारेमा सकारात्मक सन्देश जाने उनले बताए । उनका अनुसार व्यवसायीले विगतमा राति १० बज्न नपाउँदै होटल, रेष्टुराँ बन्द गराउँदै हिँड्ने प्रहरीबाट हैरानी बेहोर्दै आएका थिए । राति अबेरसम्म व्यवसाय खुल्न थालेपछि पोखरामा आन्तरिक तथा बाह्य पर्यटक उत्साहित देखिएका छन् । रात्रिकालीन व्यवसायमा होटल, लाउन्ज बार, डान्स क्लब, रेस्टुराँ, दोहोरी साँझलगायत पर्छन् । व्यवसायीको हितलाई ध्यानमा राख्दै चौबीसै घण्टा रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय सकारात्मक भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । लामो समयदेखि थला परेको पर्यटन व्यवसायको पुनरुत्थानमा समेत यसले टेवा पुग्ने विश्वास उनको छ । ‘चौबीसै घण्टा व्यवसाय खोल्दा दुई सिफ्टमा कर्मचारी आवश्यक पर्ने भएकाले थप रोजगारी सृजना हुन्छ । रोजगारीसँगै व्यवसायीको आम्दानी पनि बढ्छ,’ उनले भने । लामो समयदेखि व्यवसायीले लेकसाइडका व्यवसाय चौबीसै घण्टा खोल्नदिन माग गर्दै आएकोमा अहिले पूरा भएको उनको भनाइ छ ।

उपत्यकामा रात्रिकालीन व्यवसायः न मापदण्ड न त अनुगमन

काठमाडौं, फागुन १८। पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक […]

उपत्यकामा रात्रिकालीन व्यवसाय : न मापदण्ड न त अनुगमन

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमन्त मल्ल रात्रिकालीन व्यवसाय जोखिमयुक्त हुने भएकाले कडा नियम र अनुगमन पनि गर्नुपर्ने बताउँछन् । उनले यसमा प्रहरीबाट अनुगमन नियमन गर्नुभन्दा पनि सम्बन्

न मापदण्ड न त अनुगमन

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौँ उपत्यकामा झन्डै एक हजार पाँच सय रात्रिकालीन व्यवसाय सञ्चालनमा छन् । डिस्को, डान्सबार, दोहोरी, पबलगायत पर्ने यस्तो रात्रिकालीन व्यवसाय न मापडण्डअनुसार चलेको छ, न त यसको अनुगमन नै हुने गरेको छ । त्यसैले यस्तो व्यवसाय सुरक्षाका दृष्टिले जोखिमपूर्ण र संवेदनशील बन्दै गएको छ ।

पर्यटन र रात्रिकालीन व्यवसाय ब्युँताउन कार्यदल बनाउँदै सरकार

काठमाडौँ – सरकारले पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै लयमा फर्काउन कार्यदल गठन गर्ने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रिकालीन व्यवसायलाई पुरानै शैलीमा फर्काउन कार्यदल गठन गरिने बताएका हुन् ।  मन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृ…

कोभिडप्रभावित रात्रिकालीन व्यवसाय कसरी अगाडि बढाउने ?

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र उद्योग–व्यवसाय प्रभावित बन्न पुग्यो । पर्यटन, होटल तथा ट्रेकिङ व्यवसाय कोभिडबाट बढी प्रभावित भए । हालसम्म पनि यो क्षेत्र पुरानो लयमा फर्कन सकेको छैन भने सरकारले पनि सभा–सम्मेलन, गोष्ठीलाई खुला गरेको छैन । पर्यटनकै एउटा हिस्साका रूपमा रहेको रात्रिकालीन व्यवसाय पनि ठप्प छ । रात्रिकालीन मनोरञ्जन क्षेत्र ठप्प […]

रात्रिकालीन व्यवसाय सञ्चालन गर्न माग

काठमाडौँ– कोराना महामारीले बन्द गरिएका रात्रीकालिन व्यवसायहरु सञ्चालनमा आउनुपर्ने भन्दै ठमेल पर्यटन विकास परिषद्ले काठमाडौं प्रशासनमा ज्ञापन पत्र बुझाएका छन् । मंगलबार परिषद्को टोलीले कोरोना महामारीका कारण ठमेल क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएकाले रात्रिकालीनलगाएत अन्य व्यवसाय सहज रुपमा सञ्चालन गर्न दिनुपर्ने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले सहज रुपमा […]

रात्रिकालीन व्यवसाय बन्द गरिएकोमा व्यवसायीको आपत्ति

काठमाडौं । कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले सार्वजनिक स्थलमा भिडभाड नगर्न आदेश जारी गर्दै स्कुल, कलेजदेखि होटल, रेष्टुरेन्ट, डान्स बार लगायत मनोरञ्जनका क्षेत्रमा रोक लगाएको छ ।सोमबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारले पर्यटन क्षेत्रको अभिन्न अङ्ग रात्रिकालीन व्यवसाय, रेष्टुरेन्ट, क्लब, दोहोरी साँझ तथा डान्स बारहरु केही...

कोरोना रोकथाम : रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र!

काठमाडौं : स्वास्थ्य मन्त्रालयले कोरोना रोकथाम नियन्त्रण गर्न बनेको सिसिएमसीसमक्ष कोभिड संक्रमण बढेको भन्दै रात्रिकालीन व्यवसाय ९ बजेसम्म मात्र सञ्चालन गर्न प्रस्ताव गरेको छ।छिमेकी मुलुक भारत, बेलायत तथा जर्मनी र फ्रान्समा कोरोना संक्रमण बढेपछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई प्रस्ताव गरेको हो। पर्यटन क्षेत्रअन्तर्गत सञ्चालन हुने रात्रिकालीन कार्यक्रममा अनिवार्य स्वास्थ्य मापदण्ड अपनाउन पालना गर्न लगाउने र त्यसको अनुगमन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रा

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

ठमेल क्षेत्रका पर्यटन व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गरेका छन्। कोरोना भाइरसका कारण आठ महिनादेखि बन्द रहेको रात्रिकालीन व्यवसाय सामाजिक मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनुपर्ने माग गरेका हुन्।