काठमाडौं : सत्तारुढ निकट तीन विद्यार्थी संगठनले रूपन्देहीको मोतीपुर घटनाका लागि केपी ओली सरकार दोषी रहेको दाबी गरेका छन्। अनेरास्ववियू (क्रान्तिकारी)‚ अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनका अध्यक्षहरू क्रमशः पञ्चा सिंह‚ सुदेश पराजुली र रूपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त दाबी गरेका हुन्।गत फागुन २१ गते तत्कालीन ओली सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतीपुर क्षेत्रमा बसोवास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको