मोतीपुर घटना : मृतकका परिवारलाई जनही ५ लाख दिने निर्णय

रुपन्देहीको मोतीपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई जनही ५ लाख राहत उपलब्ध गराइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार जानकारी दिए । यसअघि नै सरकारले मृतकका परिवारलाई किरिया खर्च स्वरूप ५० हजार दिइसकेकोमा मन्त्रिपरिषद्ले थप ५ लाख दिने निर्णय गरेको हो । गत असोजमा भएको मोतीपुर घटनामा चार जनाको मृत्यु भएको थियो । औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने क्रममा