४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए ।उनलाई कार्तिक १ गते डेराबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मुसलमानको कोठाबाट ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्ब