रुपन्देही – रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीको गोली लागि ज्यान गुमाउने व्यक्तिका परिवारलाई जिल्ला प्रशासन कार्यालय र लुम्बिनी प्रदेश सरकारले राहत रकमको घोषणा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले मृतकको हकमा प्रति मृतक ५० हजार रुपैयाँ किरिया खर्च र प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । यस्तै लुम्बिनी प्रदेश सरकारले प्रति परिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ ।
यस्तै घाइतेको निःशुल्क उपचारका लागि प्रदेश सरकार समक्ष सिफारिस गरिएको पनि जिल्ला प्र...