नेप्सेद्वारा खानीखोला हाइड्रोपावरको रोक्का शेयर कारोबार फुकुवा

काठमाडौ., ३१ जेठ । खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । नेप्सेले बित्तीय विवरणहरु पेश नगरेको भन्दै रोक्का गरेको कम्पनीको शेयर कारोबार आजदेखि फुकुवा गरेको हो । नेप्सेको अनुसार कम्पनीले जेठ २६ गते कम्पनीको लगइनबाट नेप्सेको वेबसाइटमा लगानीकर्ता र सरोकारवाला निकायहरुले अध्ययन गर्न सक्ने गरी अपलोड गरेकाले समयमै वित्तीय विवरण अपलोड गर्न […]

सम्बन्धित सामग्री

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मैलुङ खोला जलविद्युत कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले सोमवारबाट कम्पनीको शेयर फुकुवा गरेको हो । कम्पनीले धितोपत्र मूल्यसँग सम्बन्धित निर्णय समयमै जानकारी नगराएको भन्दै नेप्सेले बिहीवार कम्पनीको शेयर कारोबार रोक्का गरी ३ दिनभित्र स्पष्टीकरण पेस गर्न भनेको थियो ।  कम्पनीले ‘एनओटीएस’मा सूचना अपलोड गर्दा प्राविधिक समस्या आएको कारण समयमा जानकारी गराउन नसकेको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता गरेपछि नेप्सेले शेयर कारोबार खुला गरेको हो ।

मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रूपमा नभई संयोग मात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतापछि नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेस गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।

तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले तारागाउँ रिजेन्सी होटल्सको शेयर कारोबार मंगलवार फुकुवा गरेको छ । मानवीय त्रुटिका कारण समयमा लाभांश घोषणासम्बन्धी जानकारी समयमा बुझाउन नसकिएको भन्दै कम्पनीले स्पष्टीकरण दिएपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीले यही मंसिर १८ गते लाभांश घोषणासम्बन्धी जानकारी समयमा नै नदिएको भन्दै नेप्सेले होटल्सको शेयर कारोबार रोक्का गरेको थियो ।

प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

काठमाडौं । प्रभु इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले  कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीको शेयर कारोबारमा आएको छ ।  नेप्सेले गत साउन ४ गते कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । हकप्रद शेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएकाे भन्दै नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । यससँगै नेप्सेले कम्पनीलाई ३ कार्यदिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको थियो । त्यसको जवाफमा कम्पनीले हकप्रद शेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेस गरेको र त्यहाँबाट सैद्धान्तिक स्वीकृति प्राप्त हुने वा नहुने अन्योल रहेको व्यहोरासहितको पत्र नेप्सेमा पठाएको छ । पत्रमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ र धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको अक्षरशः पालना गर्ने प्रतिबद्धता पनि उल्लेख छ ।   धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता शर्तहरूको पालना गर्ने प्रतिबद्धता भएपछि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको नेप्सेले जानकारी दिएको छ ।  गत असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिले ६५ प्रतिशत हकप्रद शेयर जारी गर्नेसम्बन्धी निर्णय गरेको थियो । तर, कम्पनीले नेप्सेमा साउन ४ गते उक्त निर्णयको जानकारीसहितको पत्र पठाएको थियो ।  कुनै पनि संगठित संस्थाले धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेस गर्नुपर्ने व्यवस्था छ । कम्पनीले त्यस्तो सूचना समयमै जानकारी नगराएपछि नेप्लेले स्पष्टिकरण माग्दै शेयर कारोबार रोक्का गरेको थियो ।

राष्ट्र उत्थान लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार बिहीवार फुकुवा गरेको छ । नेप्सेले कम्पनीलाई गल्ती नदोहोर्‍याउन सचेत गराउँदै शेयर कारोबार फुकुवा गरेको हो । कम्पनीको सञ्चालक समितिको वैशाख १३ गते बसेको बैठकले लाभांश वितरणसम्बन्धी निणर्य १९ गते बिहान ११ः४८ बजे मात्रै जानकारी गराएको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली २०७५ मा भएको व्यवस्थाअनुसार शेयर मूल्य प्रभावित हुने गरी सूचना सार्वजनिक गरेको भन्दै नेप्सेले प्रष्टीकरण माग गर्दै कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले नेप्सेसमक्ष सूचना प्रवाहसम्बन्धी गलत बुझाइका कारण समयमा जानकारी गराउन नसकिएको त्रुटिसहित क्षमा याचना गरेको छ । आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने प्रतिबद्धता गरेपछि नेप्सेले कम्पनीको शेयर कारोबार फुकुवा गरेको हो । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको मुनाफाबाट शेयरधनीलाई चुक्तापूँजीेको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा भएको छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गाभिने सम्बन्धमा दुबै कम्पनीबीच अन्तिम सम्झौता भइ नियमनकारी निकायहरुबाट गाभ्न स्विकृति प्राप्त भएको र आजदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट शेयर कारोबार सूचारु भएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेन्जले ओपनिङ्ग प्राईस ३७१.५९ […]

नेशनल माइक्रोफाइनान्सको शेयर कारोबार फुकुवा

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरिदिएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को लाभांश सम्बन्धि पत्र नेप्सेमा कारोबार समयमा उपलब्ध गराएको हुँदा नेप्सेले धितोपत्र सूचीकरण नियमावली बमोजिम शेयर कारोबार रोक्का राखेको थियो । नेप्सेले ३ दिनभित्र के कति कारणले यस्तो हुन पुगेको कारण खुलाई स्पष्टिकरण सोधेकोमा कम्पनीले अबदेखि यस्तो गल्ती नदोहो¥याउने जनाउँदै स्पष्टिकरण पेश गरेको हुँदा आज (माघ १०) गतेदेखि शेयर फुकुवा गरिदिएको हो । आज फुकुवा गरेसँगै कम्पनीको शेयर भोलि बुधवारबाट कारोबारमा आउनेछन् ।

३० महिनापछि आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा

आँधिखोला लघुवित्तले शेयर कारोबार आजदेखि सुचारु हुने भएको छ । नेपाल स्टक एक्सच्नेज नेप्सेले आज जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।नेपाल राष्ट्र बैंकले जेठ २४ गते मंगलबार शेयर कारोबार फुकुवा गर्नको अनुमति दिदै पत्र पठाएको थियो।   सो पत्र कम्पनीले नेप्सेमा दर्ता गराएपछि नेप्सेले आज जेठ २७ गतेदेखि कम्पनीको शेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो । मर्जर भाडिएपछि लामो समयदेखि आँधिखोला लघुवित्तको शेयर कारोबार रोक्का थियो । आँधिखोला लघुवित्त र धौलागिरि लघुवित्तले  २०७६ पौष २ गते मर्जमा जाने सम्झौता गरेका थिए । त्यसयता  कम्पनीको कारोबार रोक्का थियो । बीचमा मर्जर भाडिएपछि कारोबार कहिले सुरु हुने भन्नेमा अन्योल रहेको थियो  । स्याङ्गजाको बयरघारीमा केन्द्रिय कार्यलय रहेको आँधिखोला र बाग्लुङमा केन्द्रिय कार्यालय रहेको धौलागिरिबीच  मर्जर सम्झौता भएको हो।  मर्जर पश्चात बन्ने लघुवित्तको नाम 'धौलागिरी आधीँखोला लघुवित्त' हुने सहमति थियो। दुवैबीच समान स्वाप अनुपातमा मर्जर हुन लागेको थियो।  तर बीचमा मर्जर भाडिएपछि दुवै कम्पनीले डिमर्जको लागि राष्ट्र बैंकमा अनुरोध गरेकोमा रश्र्ता बैंकले डिमर्जको अनुमति दिएको थियो । तर शेयर कारोबार भने रोक्का नै थियो  ।अब भने ३० महिनापछि कम्पनीको शेयर कारोबार खुलेको छ  ।