मुक्तिनाथ विकास बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंक लिमिटेडको शेयर कारोबार आजदेखि फुकुवा गरेको छ । बैंकले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रूपमा नभई संयोग मात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेस गर्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतापछि नेप्सेले शेयर कारोबार फुकुवा गरेको हो । बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले शेयर कारोबार रोक्का गरेको थियो । कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेस गर्नसमेत कम्पनीलाई निर्देशन दिएको थियो ।