पहाडी जिल्ला खोटाङमा भेटिए डेंगुका बिरामी

संखुवासभा : खोटाङमा डेंगुका बिरामी भेटिएका छन्। जिल्ला अस्पताल खोटाङका प्रमुख डा. वैभव मल्लिकका अनुसार एक साताको अवधिमा डेंगुका आठजना बिरामी भटिएका छन्। संक्रमितमध्ये सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छन्। दिक्तेल रुपाकोट मझुवागढी १ का पाँच जना, वडा नम्बर ६ का १ जना र रावाबेशी गाउँपालिका–३ का एकजनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।तीमध्ये एक जना बिरामीलाई शरीरमा रगत कम भएकाले भदौ ३० गते अन्यत्र रेफर गरेको छ। यस्तै‚ दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको

सम्बन्धित सामग्री

बैतडीमा बढे डेंगुका बिरामी

पहाडी जिल्ला बैतडीमा पनि डेंगुका बिरामीहरु बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचारको लागि आउने बिरामीहरुमा जाँच गर्दा डेंगुका बिरामी देखिन थालेका छन् । केही दिनअघिसम्म जिल्लामा ६ जनामा मात्र देखिएको डेंगु दुई/तीन दिनमै बढेर अहिले जिल्लामा १३ जनामा देखिसकेको छ ।

पहाडमा बढ्दै डेंगुका बिरामी

पहाडी जिल्ला सल्यानमा डेगुंका बिरामी बढ्दै गएका छन् । भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा पछिल्लो एक सातामै १४ जनामा डेंगु पुष्टि भएको छ ।

उच्च पहाडमा बढ्न थाले डेंगु संक्रमित

कञ्चनपुर : सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्।सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखापरेको छ । यसैगरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगु देखापरेको छ ।‘पहाडी क्षेत्रमा पहिला डेंगु, मलेरियालगायतका लाम

उच्च पहाडी जिल्लामा बढ्न थाले डेंगु संक्रमित

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ। उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखा परेको […]